विश्वमै नभएका कानुन छन् भारतमा, यी भारतीय अजिव कानुनले तपाईललाई जिल पार्न सक्छ !

एजेन्सी- हरेक देशको कानुन फरक हुने गर्छ। देशको संस्कृति अनुसारनै देशको कानुनको निर्माण हुने गर्छ। केहि देशको कानुन धेरै कडा हुने गर्छ भने खेइ देशमा चाहिं फितलो कानुन हुने गर्छ। केही देशमा गैरकानुनी मानिने काम कुनै देशमा भने गैरकानुनी नमानिन पनि सक्छ। हाम्रो छिमेकि देश भारतमा पनि धेरै अजिव कानुन रहेका छन्। यस देशमा रहेका केहि अजिव कानुनको बारमा आज हामी चर्चा गर्नेछौ।

भारतमा चाङ्गा उडाउनको लागि कानुनले बन्देज लगाएको छ। भारतमा चाङ्गा उडाउन साथै बेलुन उडाउनको लागि पनि सरकारबाट अनुमति लिनु पर्ने हुन्छ। यदि कसैले पनि अनुमति बिना चाङ्गा उदाएमा कानुनी कारवाही हुने प्रावधान रहेको छ।

यस देशमा कुनै पनि जनताको जग्गा सरकारले चलेको भाउ अनुसार जुनै पनि समयमा किन्न सक्ने कानुनी प्रावधान रहेको छ। यस देशमा एकै दिनमा प्रहरीले दुई वटा चिट काट्न कानुनी रुपमा बन्देज रहेको छ।

यस देशमा कुनै पनि एक्लो व्यक्तिले बालिकालाई कहिले पनि अड्प्ट गर्न नपाउने कानुन रहेको छ। तर बालकलाई एक्लो व्यक्तिले भने एक बालकलाई अड्प्ट गर्न कानुनी रुपमा बन्देज रहेको छैन। यस्तै विवाहित दम्पतिको छोरा रहेको अवस्थामा अर्को बालकलाई अड्प्ट गर्न नपाउने कानुनी व्यवस्था रहेको छ। यस कानुन छोरि र बालिकाको मामलामा पनि लागु हुने गर्छ।

यदि कोहि पनि व्यक्तिले सडकको किनारामा बसेर दात निकाल्न, कानको मैलो निकाल्न पनि कानुनी रुपमा बन्देज रहेको छ। भारतको करेलामा तेस्रो बच्चा जन्माउनको लागि पनि कानुनले बन्देज रहेको छ।

प्रकाशित : शनिबार, मङि्सर १३, २०७७१९:२७

डिसेम्बरमा जन्मिनेहरुमा हुन्छन् यस्ता विशेष गुण र दोष !