“सरकारले गरेको काम कसैले देखेन”- प्रधानमन्त्री ओली !

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले गरेका कामको कहिले पनि चर्चा नगेरेको गुनासो गरेका छन्। आफ्नो नेतृत्वमा सरकारले गरेका सामाजिक उत्तरदायी तथा विकास निर्माणका कार्यको सूचिको बारेमा उल्लेख गर्दै उनले यस्तो गुनासो गरेका हुन्।

घरबारबिहीनलाई छत उपलब्ध गराउने, खरका छानालाई जस्तापाताले विस्थापित गर्ने अभियान अगाडी बढिरहेको र भूकम्प र बाढीपहिरोका कारण बिस्थापित भएका अधिकांशलाई आवश उपलब्ध गराइएको उनको भनाई छ। संविधान अनुसार भूमिहीन र दलितहरूले पनि छिट्टै आवास र भूमि प्राप्त गर्ने ओली ले दावी गरेका छन्। श्रमिकहरूको योगदानमा सामाजिक सुरक्षा प्रदान गर्नुका साथै बेरोजगार भत्ता समेत सुनिश्चित गरिएको छ।

“विकास निर्माणका आयोजनाहरूमा उल्लेख्य प्रगति भइरहेको नै छ। केरुङ-काठमाडौं र रक्सौल-काठमाडौं रेलवे, पूर्व-पश्चिम विद्युतीय रेलमार्ग, नयाँ विमानस्थलका कार्य, नागढुङ्गा सुरुङमार्ग, काठमाडौँ-तराई द्रूतमार्ग आदिको काम तिव्र गरिमा अगाडी बढिरहेका छन्”, ओलीले भने,”टोखा-छहरे र सिद्धबाबामा सुरुङ मार्गको निर्माण छिटै सुरु हुन्छ र पूर्व-पश्चिम राजमार्गको विस्तारसँगै पुष्पलाल लोकमार्ग, मदन भण्डारी राजमार्ग र उत्तर दक्षिण करिडोरहरूको निर्माण कार्य अगाडी बढेको छ।”

भ्रष्टचार नियन्त्रणमा भइरहेका कार्यहरुलाई अनदेखा गर्दै अनावश्यक घटनामा जोड्न कोसिस गरिएको समेत उनको भनाई छ।

प्रकाशित : आइतबार, मङि्सर १४, २०७७१०:१९

चितवन निकुञ्जमा थप एक गैंडाको मृत्यु, साउनयता मात्र १६ गैंडा मरे !