मरुठ खोलाको चुरे क्षेत्रको घाँचबाट लडेर घाइते भएको एक गैंडाको मृ-त्यु भएको छ।
उक्त गैंडालाई मंसिर १२ गते हात्तीसहित गएका निकुञ्जका अधिकारीहरु, पशु प्राविधिकहरु र स्थानीयले उद्धार गरेका थिए। शुक्रबार घाइते भेटिएको भाले गैंडालाई उद्धार गर्न करिब १२ घण्टा लागेको सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए। अन्दाजी २०- २५ वर्षको गैंडाको शनिबार बिहान साढे ४ बजे मृ-त्यु भएको हो।
घाँचबाट ल-डेर अर्ध’चेत अवस्थामा पुगेको गैंडाको खुट्टा भाँ’चिएको र पछाडिको भाग पूर्णरुपमा अ’चेत अवस्थामा भेटिएको अधिकारीले बताए।
योसँगै चितवन निकुञ्ज र आसपासको क्षेत्रमा साउनयता १६ वटा गैंडाको मृ-त्यु भएको छ। त्यसमध्ये ४ वटा गैंडा सिकारीले मारेको निकुञ्जले जनाएको छ। पछिल्ला केहि वर्षमा गैंडाको सिकार निकै कम भएता पनि यो वर्ष चोरी सिकारी पनि सुरु भएका कारण गैंडा संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ।