कोरोना संक्रमणको कारण थप २५ जनाको मृत्यु, आज १२५५ संक्रमित थपिए !

आइतबार थप १ हजार २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८ जनाको नमूना परीक्षण गर्दा थप एक हजार २ सय ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४०४ जना कोरोना मुक्त भएका छन्। जससँगै कोरोनामुक्त हुनेको सङ्ख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ । हाल देशभर १७ हजार ९ सय ९ जना सक्रिय सङ्क्रमित रहेका छन्।

मुलुकभर हालसम्म कोरोना संक्रमणको कारण मृ-त्यु हुनेको संख्या १ हजार ४५४ पुगेको छ। पछिल्लो २४ घण्टामा मुलुकभर थप २५ जनाको ज्यान गएसँगै मृ-त्यु हुनेको संख्या १ हजार ४५४ पुगेको हो।

प्रकाशित : आइतबार, मङि्सर १४, २०७७१६:४२

काठमाडौं उपत्यकामा भोलिबाट कोरोनाको मास परीक्षणको तयारी !