कोरोना संक्रमण भएका सन्दीप लामिछाने अस्पताल भर्ना

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन्।

कोरोना भाइरस संक्रमणको पुष्टि पश्चात घरमै आराम गरिरहेका लामिछानेको स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन्। लामिछानेको श्वासप्रश्वासमा समान्य समस्या देखिएको बताइएको छ।

लामिछानेलाई गएराति गएराति ह्याम्स अस्पताल भर्ना गरिएको लामिछानेका व्यवस्थापक रमन सिवाकोटीले जनाएका छन्। लामिछानेको उपचार भइरहेको उनले बताए।

लामिछानेलाई गत शुक्रबार कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो। सिवाकोटीका अनुसार लामिछानेको अवस्था सामान्य रहेको छ।

प्रकाशित : सोमबार, मङि्सर १५, २०७७०९:००

“मेस्सी बार्सिलोना भन्दा अरु क्लबमा खेल्न सक्दैनन्, रोनाल्डो जहाँ पनि जम्छन्”