लहान – नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले जनताको सङ्घर्षबाट पाखा लागिसकेको राजतन्त्र फर्काउने कसैकोे सपना पूरा नहुने बताएका छन् ।
पार्टी कार्यक्रमका लागि लहान पुगेका अध्यक्ष साहले आज सञ्चारकर्मीसँग कुरा गर्दै राजतन्त्र पुनः फर्काउन चलखेल शुरु भए पनि अहिलेका जनता सचेत भइसकेकाले ती शक्तिको सपना पूरा हुन नदिने बताए ।
उहाँले आर्थिक अपारदर्शिता र महिला हिंसाविरुद्ध आफ्नो पार्टीले भण्डाफोर अभियान चलाउन लागेको जानकारी पनि दिए ।
राजाको समर्थनमा प्रदर्शन हुन थालेपछि काठमाडौं प्रशासनको कडा चेतवानी
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ। कोरोनाभाइरस महामारीको जोखिम अझै रहेको भन्दै प्रशासन कार्यालयए मंगलबार एक सूचना जारी गरेर सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको हो।
पछिल्लो समय विभिन्न माग राखी राजनीतिक सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन भएको र त्यसले कोरोना भाइरसको संक्रमण बढाएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्यस्ता कार्य नगर्न र नगराउन सबैमा सूचना मार्फत आग्रह गरेको छ।
काठमाडौँमा भइरहेका सभा, जुलुस, प्रदर्शन स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० को विपरीत हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंको दावी छ।
“पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनीतिक तथा अन्य भिडभाडजन्य गतिविधि जस्तै सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन गरेको भन्ने सूचना प्राप्त हुन आएको र त्यस्ता गतिविधिहरू संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमका भएको साथै स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० को विपरीत हुने भएकोले त्यस्ता भिडभाडजन्य गतिविधिहरू नगर्न/नगराउन साथै महामारी रोकथाममा सहयोग पुर्याउनु हुन सबैमा जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ।”,एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले भनेको छ।
साथै प्रदर्शन गरेको पाइएमा स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गर्ने चेतवानी पनि जिल्ला प्रशासन कार्यालयले सोहि सूचना मार्फत दिएको छ। सोमबार मात्रै काठमाडौँका राजसंस्थाको समर्थनमा विशाल प्रदर्शन भएको थियो।