भोलि लाग्दैछ सन् २०२० को अन्तिम सूर्यग्रहण, यी राशिको लागि हुनेछ शुभ !

१४ डिसेम्बरको दिन यस वर्षको अन्तिम सूर्य ग्रहण लाग्दैछ। ज्योतिषीय गणना अनुसार सूर्य ग्रहण वृश्चिक राशि र ज्येष्ठा नक्षत्रमा लाग्नेछ। नेपाली समय अनुसार ग्रहण डिसेम्बर १४ बेलुका ७ बजेर १८ मिनेटबाट सुरु हुनेछ र डिसेम्बर १५ को राति १२ बजेर ३८ मिनेटमा अन्त्य हुनेछ। त्यस्तै, १५ डिसेम्बरको दिन धनु संक्रान्ति पनि हो। सूर्य ग्रहणको बारेमा विस्तृत रूपमा जानौं-

कहाँ-कहाँबाट देखिन्छ सूर्य ग्रहण ? 

यो ग्रहण दक्षिण अमेरिका, दक्षिण अफ्रीका, एटलान्टिक, हिन्द महासागर र प्रशान्त महासागरका केहि भागहरूमा देख्न सकिन्छ।

धनु संक्रान्ति 

ज्योतिष गणनाको अनुसार सूर्य ग्रहण १४-१५ डिसेम्बरमा लाग्दैछ। १५ तारिखमा सूर्य धनु राशि प्रवेश गर्नेछन्। धनु संक्रान्तिमा सूर्यग्रहण हुनु धेरै विशेष मानिन्छ।

वर्षको अन्तिम सूर्यग्रहण 

यो सूर्य ग्रहण वर्षको दोस्रो र अन्तिम सूर्य ग्रहण हुनेछ। यस अघि २०२० सालको पहिलो सूर्यग्रहण २१ जुनमा लागेको थियो। ग्रहणको सूतक अवधि नेपालमा मान्य हुँदैन। तर सूर्य ग्रहणको प्रभाव निश्चित रूपमा पर्नेछ। यस्तो अवस्थामा ग्रहणको अशुभ प्रभावबाट बच्नको लागि सावधान रहनुपर्नेछ।

सूर्य ग्रहणको सूतक 

सूर्य ग्रहणको सूतक ग्रहण हुनुभन्दा १२ घण्टा अगाडी सुरु हुन्छ र ग्रहणको अन्त्यसँगै समाप्त हुन्छ। यस अवधिमा धेरै चीजहरूको विचार गरिन्छ। हिन्दू धार्मिक आस्था केन्द्रहरूको ढोका बन्द हुन्छ। पूजा पाठ र अन्य प्रकारको मांगलिक कार्य रोकिन्छ र जब ग्रहण समाप्त हुन्छ घर, मन्दिर, मूर्तिहरू शुद्ध गरिन्छ।

सबै राशिमा प्रभाव 

मेष राशि 

सूर्य ग्रहणको प्रभावको कारण तपाईंले सफलताका लागि अधिक प्रयास गर्नु पर्ने हुन्छ। कार्यक्षेत्र्मा तपाईंको लागि यो समय प्रतिकूल रहनेछ।

वृष राशि 

स्वास्थ्य सम्बन्धि समस्या रहनसक्छ। पारिवारिक जीवनमा तनावपूर्ण स्थिति रहला। यस अवधिमा कुनै पनि क्षेत्रमा पैसा लगानी नगर्नुहोस्।

मिथुन राशि 

वैवाहिक जीवनमा परिस्थिति नकारात्मक रहला। व्यापारमा साझेदारीले घाटा निम्त्याउन सक्छ। यस अवस्थामा, बुद्धिमानीपूर्वक काम गर्नुहोस्।

कर्कट राशि 

तपाईं यस अवधिमा धैर्य हुन आवश्यक छ। निर्णय लिनमा समस्या हुनेछ। कामप्रति लापरवाही नगर्नुहोस्। आय प्रभावित हुनसक्छ।

सिंह राशि 

सूर्य ग्रहणको समयमा लापरवाह नहुनुहोस्। वित्तीय स्थिरताको सन्दर्भमा कुनै महत्वपूर्ण निर्णयहरू नगर्नुहोस्। सामाजिक क्षेत्रमा मानहानि हुनसक्छ।

कन्या राशि 

ग्रहणको असर पारिवारिक जीवनमा पर्न सक्छ। कार्यक्षेत्रमा अधिक परिश्रम गर्नुपर्नेछ। कडा परिश्रम गर्न पछि नसर्नुहोस्।

तुला राशि 

आर्थिक मामिलामा सावधानी अपनाउनु पर्नेछ। ग्रहणको प्रभावका कारण तपाईंले केहि समस्याको सामना गर्नुपर्नेछ।

वृश्चिक राशि 

परिवारका सदस्यहरूमा मतभेद पैदा हुनसक्छ। तपाईंको खर्च बढ्नसक्छ। आँखा सम्बन्धि समस्याले सताउन सक्छ। कसैसँग नराम्रो व्यवहार नगर्नुहोस्।

धनु राशि 

यो समय स्वास्थ्यको लागि राम्रो हुँदैन। आर्थिक पक्ष कमजोर रहनेछ। यस समयमा आर्थिक लेनदेन गर्दा सावधानी अपनाउनुहोस्।

मकर राशि 

तपाईं खर्च अचानक वृद्धि हुनसक्छ। स्वास्थ्यको सम्बन्धमा चिन्ता रहनसक्छ। मानसिक अशान्तिको सामना गर्न सकिन्छ।

कुम्भ राशि 

खर्चमा वृद्धि हुने देखिन्छ। आयमा गिरावट आउनसक्छ। तपाईंले आय र खर्चमा तालमेल सिर्जना गर्न आवश्यक छ।

मीन राशि 

कार्यक्षेत्रमा परिस्थिति अनुकूल नरहला। रोजगार सम्बन्धि कुनै प्रकारको समस्याको सामना गर्नुपर्ने हुनसक्छ।

प्रकाशित : बिहिबार, मङि्सर २५, २०७७१०:४६

सपनामा यस्ता चिज देख्नु हुन्छ निकै शुभ !