राति निदाउँदा हामी धेरै प्राकरका सपना देख्छौं। केहि सपनाहरु हामीलाई याद हुन्छ भने केहि सपनाहरु बिर्सन्छौं। तर सपना शास्त्रहरु अनुसार हरेक सपनाको हाम्रो जीवनमा घट्ने घटनाहरुसँग सम्बन्ध हुन्छ। शास्त्रमा हरेक प्रकारको सपनाको अर्थ हुन्छ। सपना शास्त्रमा केहि सपनाको बारेअम उल्लेख छ जसको अर्थ छिटै नै धन लाभ हुनेछ। देवी लक्ष्मीको अनुग्रह तपाईमाथि वर्षा हुन गइरहेको छ।
शिवलिङ्गमा दुधले अभिषेक गरेको देख्नु
सपना शास्त्रका अनुसार यदि कुनै व्यक्तिले सपनामा शिवलिङ्गमा दुधले अभिषेक गरेको देख्छ भने, त्यो अत्यन्त शुभ मानिन्छ। यसको मतलब यो हो कि, उक्त मानिस माथि भगवानको कृपा सधै रहिरहन्छ। यस्ता सपना देख्दा छिटै धन प्राप्ति हुनुका साथै भाग्यवृद्धि पनि हुनेछ।
इलेक्ट्रिकल समान फुटेको देख्नु
यदि तपाईं आफ्नो सपनामा इलेक्ट्रोनिक सामानहरू फुटेको देख्नुभयो भने, यसको मतलब यो हुन्छ कि तपाईंको खराब समय चाँडै अन्त हुनेछ र तपाईंको जीवनमा खुशीयाली छाउनेछ। सपनाशास्त्रका अनुसार यस्तो सपनाको अर्थ तपाईंको किस्मत चम्किने वाला छ। धन प्राप्तिको योग बन्नेछ।
मयुरको प्वाँख
यो विश्वास छ कि यदि कुनै व्यक्तिले सपनामा आफ्नो निधारमा मयुरको प्वाँख देख्छ भने यसको मतलब यो हुन्छ कि ऊ आर्थिक रूपमा सम्पन्न हुँदैछ। यदि तपाईंले पनि यस्तो सपना देख्नुभयो भने बिहिबार कृष्ण जीलाई मयुरको प्वाँख अर्पण गर्नुहोस्। यसो गर्नाले तपाईंको सपना फलित हुने विश्वास रहिआएको छ।
गाई
यदि तपाईं सपनामा आफूतर्फ गाई आउँदै गरेको देख्नुहुन्छ भने त्यो एकदमै शुभ सपना मानिन्छ। यस्तो सपना देखुभायो भने बुझ्नुहोस् कि तपाईंले छिटै धन लाभ प्राप्त गर्नुहुनेछ।