कुकुर यस्तो जनावर हो जसलाई मानिसको सबभन्दा राम्रो मित्र मानिन्छ। कुकुरहरू आफ्ना मालिकप्रति धेरै वफादार हुन्छन्। कुकुरहरु मिलनसार र समझदार त छन् नै तर यस्ता धेरै प्रजातिहरू पनि छन्, जुन धेरै खतरनाक हुन्छन्। आज हामी तपाईंलाई यस्तै डरलाग्दो र खतरनाक कुकुरको प्रजातिहरूको बारेमा बताउन जाँदैछौं।
रोट्टवीलर्स
रोट्टवीलर्स प्रजाति कुकुर जर्मनीमा पाइन्छ। यो संसारमा सबैभन्दा प्रसिद्ध कुकुरको प्रजाति मध्य एक हो। यी कुकुर निकै शक्तिशाली हुन्छन्, विशेषगरी यिनीहरुको बंगारा। यस्ता कुकुरको प्रयोग सुरक्षाको लागि गरिन्छ। सामान्यतया यी कुकुरलाई अपरिचित मानिस र अन्य कुकुरहरू मनपर्दैन।
पिट बुल्स
पिट बुल्स प्रजातिको कुकुर सबैभन्दा खतरनाक कुकुर प्रजातिहरूको रूपमा विश्वव्यापी कुख्यात छन्। यिनीहरु बिना कारण कसैलाई पनि आक्रमण गर्दैनन्। तर गैरजिम्मेवार मालिकहरूको कारण यी कुकुरको रिस धेरै बढ्छ। यदि यिनीहरुको राम्रोसँग पालनपोषण गरेको छ भने यी कुकुर निकै वफादार तथा विनम्र, मैत्री हुन्छन् अन्यथा यिनीहरु निकै खतरनाक हुन्छन्।
चौ-चौ
यस प्रजातिका कुकुर देख्नमा धेरै प्यारा र दयालु देखिन्छन्, तर यी कुकुर निकै खतरनाक हुन्छन्। यिनीहरुको इच्छा बिना कोहि पनि यी कुकुरको आसपास पनि घुम्न सक्दैन। यो प्रजातिको कुकुर सबैभन्दा आक्रमक कुकुरको प्रजातिमा पर्छ। यो कुकुरको प्रजाति चीनमा पाइन्छ।
जर्मन सेफर्ड
जर्मन सेफर्ड प्रजातिको कुकुर तौलमा धेरै हुँदैन। तर यो आफ्नो आत्मविश्वास र निडरताको लागि प्रख्यात छ। यिहिहरुको लागि स्थिर शारीरिक गतिविधि आवश्यक पर्दछ, ताकि यिनीहरु आक्रामक नहुन्। रिसको समयमा यी कुकुर निकै खतरनाक हुन्छन्।
प्रेसा क्यानारियो
प्रेसा क्यानारियो, मुख्यत: अफ्रिकाको क्यानरी टापुहरूमा पाइन्छ। यिनीहरुको वजन लगभग ६० केजीको आसपास हुन्छ। यस प्रजातिको कुकुरलाई १८ औं शताब्दीमा शिकार र आक्रमणको लागि प्रशिक्षण दिइन्थ्यो। यी कुकुर निकै घातक हुन्छन्। यिनीहरु यति डरलाग्दो र शक्तिशाली छन् कि यी कुकुरको पञ्जाबाट बाहिर निस्कन लगभग असम्भव छ।