“उपलब्धताको हिसाबले मेस्सी भन्दा रोनाल्डो बढी सहज र सुलभ छन्”

बार्सिलोनामा लियोनल मेस्सी र युभेन्टसमा क्रिस्टियानो रोनाल्डोसँग खेलिसकेका ब्राजिलियन आर्थुरले रोनाल्डो टिममेटको रूपमा मेस्सी भन्दा “बढी सुलभ” रहेको बताएका छन्। दक्षिण अमेरिकी मिडफिल्डर गत सिजनको अन्तिममा बार्सिलोनाबाट युभेन्टस स्थानान्तरण भएसँगै उनी मेस्सी र रोनाल्डो दुबैसँग खेल्ने केहि मात्र खेलाडीको सूचीमा सामेल भएका हुन्।

गत एक दशकदेखि चल्दै आएको मेस्सी भर्सेस रोनाल्डो विवादमा आफू केहि बोल्न नचाहेपनि उनी रोनाल्डो मेस्सी भन्दा बढी योग्य रहेको कुरा स्वीकार्छन्। “उनीहरु दुबै च्याम्पियन खेलाडी हुन्,” आर्थुरले एएसलाई भने। “यसमा मेस्सी र रोनाल्डो एक समान छन्।”

“यी दुईले यदि ३ गोल गरे भने तत्काल नै चौंथो गोलको बारेमा सोच्छन्। यो प्रभावशाली र प्रेरक हो किनकि उनीहरु सधैं उत्कृष्ट बन्न चाहन्छन्”, उनले भने। “मेस्सीको तुलनामा रोनाल्डो बढी बोल्छन् र उपलब्धता “बढी सुलभ” छन्। रोनाल्डो टोलीका साथीलाई उनको आवश्यकता पर्दा कहिल्यै पछि हट्दैन। उनी सबैको लागि प्रेरणा हुन्।”

प्रकाशित : आइतबार, मङि्सर २८, २०७७१८:१८

नेयमार गम्भीर घाइते, उठ्नै नसक्ने भएपछि स्ट्रेचरमा रुँदै मैदान छाडे ![भिडियो सहित]