यस्ती भईन् ‘कल हो न हो’ कि जिया …

के तपाईंलाई शाहरुख खानको फिल्म ‘कल हो न हो’ कि जिया याद छ ? वास्तवमा, जीयाको नाम झनक शुक्ला हो र उनी प्रसिद्ध अभिनेत्री सुप्रिया शुक्लाकी छोरी हुन्। सुप्रिया शुक्ला विद्या बालनको परिणीता र कुमकुम भाग्यका लागि परिचित छिन्।

झनकले फिल्म कल हो ना होमा प्रीति जिन्टाकी बहिनीको भूमिका निभायाएकी थिइन्। यो फिल्म २००३ मा रिलीज भएको थियो। यस बाहेक, झनक एक लोकप्रिय टिभी शो करिश्माका करिश्माको लागि परिचित छिन्। यस कार्यक्रम निकै मन पराइएको थियो र यसको लोकप्रियता पनि त्यस समयमा राम्रो थियो।

 

हालै मात्र झनक शुक्लाले आफ्नो इन्स्टाग्राममा केहि वर्तमान समयको फोटो र केही पुरानो फोटोहरू साझा गरेकी छिन्।

अहिले झनक केहि परियोजनाहरूमा व्यस्त छिन्। पहिलेको जस्तै झनक अहिले पनि निकै सुन्दर देखिन्छिन्।

इन्स्टाग्राममा उनका हजारौं फ्यानहरू छन्। फिल्म ‘कल हो ना हो’ को १५ वर्ष पूरा भएको खुशीमा झनकले शुटिंगको समयका केहि तस्वीरहरू साझा गरेकी छिन्। झनक वृत्तचित्र निर्माता हरिल शुक्ला र अभिनेत्री सुप्रिया शुक्लाकी छोरी हुन्।

प्रकाशित : मङ्गलबार, मङि्सर ३०, २०७७१९:३८

आमा बन्दै नेहा कक्कड़ !