ल्युकेरिया, जसलाई ह्वाइट डिस्चार्ज समस्या भनिन्छ, यो समस्या महिलामा हुन्छ। यो कुनै पनि उमेरमा हुन सक्छ। ल्युकेरियाको समस्यामा पिसाबको मध्यमबाट चिपचिपा सेतो गनाउने पदार्थ डिस्चार्ज हुन्छ। यदि थोरै सेतो डिस्चार्ज भयो भने त यो चिन्ताजनक कुरा होइन। तर यदि यस प्रकारको डिस्चार्ज धेरै दिनदेखि भइरहेको छ भने यो चिन्ताजनक कुरा हुनसक्छ।
ल्युकेरियाका कारणहरू र यसको उपचारको बारेमा जानौं –
कारण
यसको थुप्रै कारणहरू हुन सक्छन्: जस्तै यदि महिलाले आफ्नो गुप्त अंगहरुको नियमित सफामा ध्यान दिईरहेको छैन वा कुनै पनि प्रकारको यूरिन संक्रमण पनि यसको कारण हुन सक्छ। त्यस्तै, धेरै शारीरिक सम्बन्ध र धेरेई गर्भपात पनि यसको कारण हुनसक्छ।
अन्य लक्षण
यस समस्या भएको महिलाले सेतो डिस्चार्जको साथमा अन्य लक्षणहरू पनि अनुभव गर्न सक्छन्, जस्तै: अधिक थकित महसुस गर्नु, मूत्र भागमा चिलाउनु, चक्कर आउने, टाउको दुख्ने वा कब्जियत।
उपचार
गुलाबको पात
ल्युकेरिया हुँदा गुलाबका पातहरूले उत्तम औषधीको रूपमा काम गर्छ। यसको लागि गुलाबका पातहरू सुकाएर यसको पाउडर तयार गर्नुहोस्। अब यो पाउडर तातो दुधमा दिनहुँ मिलाएर पिउँदा एक हप्तामा ल्युकेरियाको समस्या समाधान हुन्छ।
दुध र केरा
केरा पनि ल्युकेरियामा धेरै उपयोगी छ। यदि सेतो पानी पाउने समस्या छ भने, तपाईं एक गिलास दुधमा आधा चम्मच घी र एउटा केरा मिलाएर पिउन सक्नुहुन्छ। यसको नियमित सेवनबाट सेतो पानी बग्ने समस्या केहि दिनमा नै निको हुनेछ।
अमला
अमलाको पाउडर पनि ल्युकेरिया समस्याको लागि धेरै प्रभावकारी उपाय हो। अमलाको पाउडरमा मह घोल्नुहोस् र दिनमा २-३ पटक सेवन गर्नुहोस्। यसको नियमित सेवनले सेता डिस्चार्ज कम गर्छ।