क्युबाका राष्ट्रपतिद्वारा बाइडेनसँग वार्ता प्रस्ताव

एजेन्सी – क्युबाका राष्ट्रपति मिगेल डायज-कनेलले अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनसँग वार्ता गर्न इच्छुक रहेको बताएका छन् ।

क्युबाली संसद्को समापनका अवसरमा सम्बोधन गर्दै राष्ट्रपति कनेलले क्युबाको क्रान्ति, समाजवाद र सार्वभौमिकताबाहेकका कुनै पनि विषयमा खुलेर छलफल गर्न आफ्नो देश तयार रहेको बताए ।

गत अक्टोबरमा चुनावी प्रचारका क्रममा बाइडेनले अमेरिकालाई नयाँ क्युबा नीति चाहिएको बताएका थिए । तर, उनले क्युबा नीति कहिले जारी गर्ने र त्यसको कार्यान्वयन कसरी हुन्छ भन्नेबारे सार्वजनिक भएको छैन ।

बाइडेनले यसअघि नै राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेका विप्रेषण प्रवाह र क्युबाको भ्रमणसम्बन्धी नीतिहरू खारेज गर्ने बताइसकेका छन् ।

गत नोभेम्बर ९ मा अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी भएसँगै क्युबाका राष्ट्रपति कनेलले ट्विट गर्दै चुनावमार्फत अमेरिकी जनताले परिवर्तन चाहेको बताएका थिए ।

उनले आ–आफ्ना मुलुकका मतभिन्नतालाई सम्मान गर्दै रचनात्मक द्विपक्षीय सम्बन्ध स्थापित हुने विश्वास व्यक्त गरे ।

प्रकाशित : शुक्रबार, पुष ०३, २०७७१७:१२

स्वास्थ्य सामग्री खरिद प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्वास्थ्यमन्त्रीको दावी !