राशि अनुसार जान्नुहोस २०२१ मा कुन रङ्ग तपाईको लागि लक्की साबित हुनेछ !

काठमाडौँ : वर्ष २०२० मा कोरोना भाइरसको प्रकोपले विषम परिस्थिति सिर्जना गरेको कारण खासै राम्रो वर्ष रहेन। यो एक यस्तो वर्ष रह्यो जुन भुल्नको लागि हरेकले कोशिश त गरेका छन् तर अफसोस यस वर्ष घटेका दूर्घटनालाई भुल्न असम्भव जस्तै छ। २०२० का तीता-मिठा यादलाई अब अलविदा भन्ने बेला आएको छ। अब केही दिनको प्रतीक्षापछि नयाँ वर्ष २०२१ को आगमन हुँदै छ। यस नयाँ वर्षमा तपाईले धेरै आशाहरु राख्नुभएको होला। खासगरी तपाई ती अपेक्षाहरु पूरा गर्न चाहनुहुन्छ होला जुन २०२० मा  अधूरो रहेको थियो।

हरेक रङ्ग आफैँमा खास हुन्छन्। रङ्ग बिना जीवनको  कल्पना नै गर्न  मुश्किल छ। परन्तु केही यस्ता रङ्गहरु पनि हुन्छन्, जुन विशिष्ट मानिसहरुका लागि निकै लक्की या अनलक्की साबित हुन्छन्। यस लेखमा हामी तपाईलाई ती खास रङ्गको विषयमा बताउँदै छौँ जुन राशि अनुसार वर्ष २०२१ मा तपाईको लागि निकै लक्की साबित हुने वाला छ।

मेष राशि

यदि तपाईको सम्बन्ध मेष राशिसँग छ भने तपाईले रातो रङ्गको  उपयोग धेरै भन्दा धेरै गर्नु पर्छ। खासगरी हरेक मङ्गलबार रातो रङ्गको कपडा पहिरिनु होला, यसले तपाईलाई अवश्य लाभ पुर्याउनेछ।

वृभ राशि

तपाइको राशिको प्रतिनिधित्व शुक्र ग्रहद्वारा गरिन्छ। तपाईलाई निलो, हरियो, निलो मयुरको रङ्ग र गुलाबी रङ्गले निकै आकर्षित गर्छ। तपाईले ती रङ्ग सँगसँगै गुलाबी रङ्ग पनि अधिक प्रयोग गर्नु पर्छ।

मिथुन राशि

वर्ष २०२१ मा तपाईको लागि हल्का  हरियो, सिल्वर र सुनौलो रङ्ग बिल्कुलै सही रहनेछ। हरेक बुधबार हरियो रङ्ग अवश्य धारण गर्नुहोला।

कर्कट राशि

कर्कट राशिको प्रतिनिधित्व चन्द्रमाद्वारा गरिन्छ। तपाईको राशि अनुसार मोती, सेतो हल्का नीलो रङ्ग तपाईको लागि परफेक्ट रहनेछ। हरेक सोमबार सेतो वस्त्र धारण गर्ने हरकोशिश गर्नुहोला।

सिंह राशि

तपाईको राशिको प्रतिनिधित्व भगवान सूर्यले गर्दछ। यसकारण यो स्वभाविक हो कि तपाईले सूर्यको रङ्ग जस्तो पहेलो, रातो, सुन्तला रंग आदि रङ्ग अनुकूल रहनेछ। तपाईले खासगरी आइतबारको दिन रातो रङ्ग अवश्य धारण गर्नुपर्नेछ।

कन्या राशि

कन्या राशिका जातक बुध ग्रहबाट प्रभावित हुन्छन्। यसकारण यस राशिका जातकको लागि निलो, सुनौलो, पहेलो र हरियो आदि रङ्ग राम्रो मानिन्छ। यदि तपाई मनले चाहेको परिणाम हासिल गर्न चाहनुहुन्छ भने तपाईले हरेक बुधबार हरियो रङ्ग धारण गर्नुपर्नेछ।

तुला राशि

तुला राशिका जातक शुक्र ग्रहको प्रभावको कारण अत्यधिक रोमान्टिक र भावनात्मक हुन्छन्। यिनीहरुलाई कुनै पनि कमन चीजहरु मन पर्दैन। यिनीहरुका लागि लक्की रङ्ग पनि केही फरक छ जस्तै रोयल ब्लु, गुलाबी र भायोलेट आदि। तपाईले हरेक शुक्रबार क्रिम या अफ व्हाइट कलर धारण गर्नुहोला।

वृश्चिक राशि

वृश्चिक राशिका जातक मङ्गलको प्रभाव अन्तर्गत आउँछन्। तपाईको लागि गाढा रङ्ग निकै लाभदायक हुन् सक्छ। २०२१ मा  तपाईले मरुन, डार्क ग्रे, गाढा रातो आदि रङ्गका वस्त्र धारण गर्नुपर्नेछ। यदि तपाई आफ्नो  जीवनमा सकारात्मकता चाहनुहुन्छ भने तपाईले हरेक मङ्गलबार रातो वस्त्र धारण  गर्नुपर्छ।

धनु राशि

धनु राशिको प्रतिनिधि गृह बृहस्पति हो। तपाईको लागि वर्ष २०२१ मा बैजनीको हरेक शेड खास हुन्छ। यस बाहेक तपाई निलो रङ्ग पनि छनोट गर्न सक्नुहुनेछ। हरेक बिहिबार पहेलो वस्त्र धारण गर्नु राम्रो हुनेछ।

मकर राशि

शनिको प्रतिनिधित्वको कारण वर्ष २०२१ मा मकर राशिका जातकको लागि सबैभन्दा राम्रो रङ्ग कालो हुनेछ। यदि तपाई चाहनुहुन्छ भने ग्रे, भायोलेट रङ्गका वस्त्र पनि पहिरिन सक्नुहुन्छ। हरेक शनिबार कालो रङ्ग लगाउनु शुभ  हुनेछ।

कुम्भ राशि

कुम्भ राशिका जातकका लागि वर्ष २०२१ मा हरियो, भायोलेट रङ्ग निकै लक्की हुनेछ। यदि सम्भव भएमा रातो या यो सँग मिल्दोजुल्दो रङ्ग बिल्कुलै नलगाउनुहोला। हरेक शनिबार कालो र निलो रङ्ग मिश्रित पहिरन लगाउनुहोला।

मीन राशि

यस वर्ष तपाईले भायोलेट, वैजनी, नीलो रङ्गका पहिरन लगाउनुभएमा शुभ मानिन्छ। यदि सक्नुहुन्छ भने हरेक बिहिबार पहेलो रङ्गको पहिरन धारण गर्नुहोला। यसले तपाईलाई लाभ पुर्याउनेछ।

प्रकाशित : शनिबार, पुष ०४, २०७७१७:२३

सोमबार यस विधि अनुसार गर्नुहोस् शिवजीको पूजा, पूरा हुनेछ सबै मनोकामना !