दही स्वास्थ्यको लागि धेरै राम्रो मानिन्छ। प्राय: मानिसको आहारमा पनि समावेश हुन्छ दही। तर यदि तपाईंके दहीको साथ अरू केहि चीजहरू उपभोग गर्नुभयो भने यो विष समान हानिकारक हुनसक्छ। जसको लक्षण पनि देखिन्छ, जस्तै चक्कर, बान्ता, टाउको दुख्ने, पेट दुख्ने, इत्यादि हुन सक्छ।
जान्नुहोस् कि दहीको साथ के-के चीज खाँदा स्वास्थ्यको लागि हानिकारक हुनसक्छ।
दही र आँप
गर्मी मौसममा हामी प्राय: आँप र दही खान मन पराउँछौं, तर यी दुई चिज कहिले पनि सँगै खान हुँदैन। किनभने यी दुई चिजको प्रभाव पूर्ण रूपमा विपरित हुन्छ। यसको मतलब यो हो कि आँप तातो र दही चिसो मानिन्छ।
दही र अमिलो फल
दहीसँग कहिले पनि अमिलो फलफूल खानु हुँदैन। किनकि यसले विभिन्न इन्जाइमहरू समावेश गर्छ, जसको कारणले गर्दा तिनीहरूलाई सँगै पचाउन गाह्रो बनाउँछ। जसले गर्दा शरीरमा विषाक्त पदार्थहरू गठन हुन्छन्।
दही र माछा
दही र माछाको प्रभाव पूर्ण रूपमा विपरित हुन्छ। यसको मतलब दही जुन चिसो हुन्छ जबकि माछा तातो छ।
दही र पुरी
तेलमा पकाएको चिज जस्तै पुरी, दहीको साथ खानु हुँदैन। दहीमा रहेको एन्जाइमले फ्याट्सलाई पचाउनमा समस्या पैदा गर्छ। जसले कठिनाइहरू निम्त्याउन सक्छ।
दहि र चिकेन
दहीको साथ चिकेन खानु हानिकारक साबित हुनसक्छ। यो स्वास्थ्यको लागि धेरै खतरनाक हुन सक्छ। यसले स्वास्थ्य सम्बन्धि विभिन्न समस्या निम्त्याउँछ।