दैनिक रूपमा गर्नुहोस यस चिजको सेवन, २० दिनमा ५ किलोसम्म वजन घट्छ !

मानिस आफ्नो तौल कम गर्नको लागि अनेक उपाय गर्छन्। कतिले जिम जान सुरु गर्छन् त कति मानिसले डाइटिंग। तर यो सबै गर्न जरुरत छैन। यस्ता थुप्रै छोज छन् जसको सेवनले वजन कम गर्न निकै मद्दत गर्छ। मुंगको दाल तौल घटाउनको लागि त्यस्तै एक खाद्य पदार्थ हो। मुंगको दालमा भरपूर मात्रामा प्रोटिन समावेश हुन्छ। साथै, यसमा फ्याट हुँदैन जसले गर्दा यसलाई धेरै प्रभावकारी बनाउँछ।

बिहान उठेर दुई गिलास तातो पानी पिउनुहोस्। यसले शरीरमा रहेको विषाक्त पदार्थ निकाल्छ र शरीरलाई हाइड्रेटेड राख्छ। त्यसको एक घण्टापछि योग तथा व्यायाम गर्नुहोस्। मुंगको दालको सुप तयार गर्नुहोस्। उक्त सुप दिनमा ६ पटक पिउनुहोस्। यसलाई बनाउनको लागि मुंगको दालसँग लसुन, अदुवा, नुन, हींग, जीरा, सौंफ, धनिया, हरियो खुर्सानी मिलाएर उमाल्नुहोस्।

यी चिजको सेवन नगर्नुहोस् 

यदि मुंगको दाल तपाईंको आहारामा समावेश छ भने त्यस समयमा टमाटर, कागती, दही आदि अमिलो चिज नखानुहोस्। यसमा तेल वा घिउ पनि नामिलाउनुहोस्।

मुंगको दालका साथै विभिन्न तरकारी खानुहोस्। तरकारीहरू बोइल गरेर वा सलादको रूपमा लिन सकिन्छ। सलादको लागि गाजर, काँक्रो, चुकन्दर, मूला, सलगम, लौका, बन्दा प्याज प्रयोग गर्न सकिन्छ।

सामान्यतया यस विधिले मुंगको दाल खाँदा २० दिनमा ५ किलोसम्म वजन कम गर्न सकिन्छ।

प्रकाशित : सोमबार, पुष ०६, २०७७१७:१८

२० मिनेटको यो उपायले टाउकोको चायाँ हुन्छ छुमन्तर, जान्नुहोस् विधि !