काठमाडौँ – मंगलबार सुनको मूल्य घटेको छ। शुक्रबार र आइतबार स्थिर रही सोमबार बढेको सुनको मूल्य मंगलबार घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सयले घटेको छ।
मंगलबारको गिरावटसँगै छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार १ सय कायम भएको छ। यस अगाडी छापावाला सुनको मूल्य आइतबार ९४ हजार २ सय थियो भने सोमबार छापावाला सुनको मूल्य बढेर ९४ हजार ९ सय कायम भएको थियो।
यस्तै मंगलबार तेजाबी सुनको मूल्य पनि तोलामा ८ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। जससँगै तेजाबी सुनको मूल्य ९३ हजार ६ सय कायम भएको छ। यस अगाडी तेजाबी सुन आइतबार ९३ हजार ७ सयमा कारोबार भएको थियो भने सोमबार बढेर ९४ हजार ४ सय कायम भएको थियो।
चाँदीको मूल्य
मंगलबार चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको मूल्य तोलामा १५ रुपैंयाले घटेर १ हजार ३ सय कायम भएको छ।