घट्यो सुनको मूल्य, कति ?

स्थानीय बजारमा आज बिहिबार सुनको मूल्य प्रतितोला रु १०० ले ओरालो लागेको छ । आज छापावाला सुन प्रतितोला रु ९४ हजार १०० मा कारोवार भइरहेको छ । छापावाला सुन बुधबार भने प्रतितोला रु ९४ हजार ३०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला रु ९३ हजार ६०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । प्रतितोला रु ९३ हजार ७०० मा बुधबार कारोवार भएको तेजाबी सुनसमेत तोलामा रु १०० ले घटेको छ ।

यस्तै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। बुधबार एक हजार ३०५ मा कारोबार भएको चाँदी  आज प्रतितोला रु एक हजार ३०० मा कारोवार भएको छ ।

प्रकाशित : बिहिबार, पुष १६, २०७७११:४८

हिजो घटेको सुनको मूल्य आज फेरी बढ्यो, कति ?