हिजो घटेको सुनको मूल्य आज फेरी बढ्यो, कति ?

बिहिबार घटेको सुनको भाउ आज शुक्रबार भने बढेको छ। बुधबारको तुलनामा तोलामा १ सय रुपैयाँले घटेर बिहिबार ९४ हजार १ सयमा कारोबार भएको सुन शुक्रबार भने ४ सय रुपैयाँको सामान्य वृद्धि भएर ९४ हजार ५ सयमा कारोबार भइरहेको छ।

शुक्रबार छापवाला सुन तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार कायम भएको छ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार नेपाली बजारमा चाँदी १ हजार ३ सयमा कारोबार भइरहेको छ।

प्रकाशित : शुक्रबार, पुष १७, २०७७११:४०

ह्वात्तै बढ्यो सुनको मूल्य, ५६ दिन यताकै महँगो !