ह्वात्तै बढ्यो सुनको मूल्य, ५६ दिन यताकै महँगो !

सोमबार सुनको मूल्य कार्तिक २४ गते यताकै महँगो भएको छ। गत हप्ता घटबढ भइरहेको सुनको भाउ आज भने ह्वात्तै उकालो लागेको हो। हप्ताको पहिलो दिन हिजो आइतबार ९४ हजार ५०० मा कोरोबार भएको सुनको भाउ आज ८०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापवाला सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँ कायम भएको छ। त्यस्तै, तेजाबी सुनमा प्रतितोला ९४ हजार ८०० मा कारोबार भइरहेको छ। तेजाबी सुन आइतबार ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।

पछिल्लो हप्ता लगातार घटबढ भएको सुन गत सोमबार सबैभन्दा बढी ९४ हजार ९०० मा किनबेच भएको थियो भने सबैभन्दा कम मंगलबार र बिहिबार ९४ हजार १०० मा कारोबार भएको थियो। सोमबारको सुनको मूल्य गत ५६ दिन यताकै महँगो हो।

त्यस्तै, सोमबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आइताबार १ हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज सोमबार २५ रुपैयाँले बढेर १ हजार ३२५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ।

प्रकाशित : सोमबार, पुष २०, २०७७११:२४

नयाँ रेकर्ड कायम गर्दै सुनको भाउ, पछिल्लो २ महिना यताकै महँगो !