नयाँ रेकर्ड कायम गर्दै सुनको भाउ, पछिल्लो २ महिना यताकै महँगो !

लगातार बढ्दै आएको सुनको भाउमा आज पनि वृद्धि भएको छ। पछिल्लो केहि दिन यता ह्वात्तै बढेको सुनको मूल्यमा आज पनि ३ सय रुपैयाँले वृद्धि भएको छ। मंगलबार सोमबारको तुलनामा १ हजार १ सयले बढेको सुनको मूल्य आज बुधबार पनि ३ सय रुपैयाँले बढेको हो।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। त्यस्तै, तेजाबी सुनको मूल्य पनि तोलामा ३ सय रुपैंयाले बढेको छ। जससँगै तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार २ सय कायम भएको छ।

बुधबारको सुनको मूल्य करिब २ महिना यताकै महँगो हो। गत कार्तिक २४ गते सुन ९८ हजार २ सयमा कारोबार भएपश्चात सुनको मूल्य आजको विन्दु सम्म पुगेको थिएन। यस हप्ता मात्र सुनको मूल्य तोलामा २ हजार २ सय रुपैंयाले बढीसकेको छ।

त्यस्तै, बुधबार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। मंगलबार १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपोयाँले वृद्धि भएर १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : बुधबार, पुष २२, २०७७११:११

सुनको मूल्यमा भारी गिरावट, कति ?