अमला-जीरा प्रयोग गरेर सजिलै घटाउनुहोस् वजन ! [तरिका सहित]

वजन घटाउनको लागि मान्छेहरु निकै चनाखो रहन्छन्। एक्‍सरसाइजदेखि डाइटसम्म  सबै चीज स्ट्रिक्‍ली फलो गर्छन्।  तर के तपाईलाई थाहा छ केहि खाद्य सामग्री प्राकृतिक तरिकाले  वेटलस गर्न सहायक  हुन्छ। त्यो  हो जीरा र अमला । तपाई अमला र जीराबाट एक यस्तो खानेकुरा बनाउन सक्नुहुन्छ जुनले तपाईको मेटाबोलिज्मलाई  बूस्ट गर्नेछ र सजिलै वजन घटाउन सकिन्छ। यो सधैँ बिहान खाली पेटमा अमला र जिरा पानी पिउनुपर्छ। यति मात्र नभई तपाईको दिन स्वस्थमा सुरु हुन्छ।

अमलाको  स्‍वास्‍थ्‍य लाभ

अमला जाडोमा खाईने एक सुपरफूड हो। जाडो महिनामा भिटामिन सीले भरपुर अमलालाई थरि थरिका डाइटमा राख्न सक्नुहुन्छ। अमलामा  क्यालोरी र फ्याट  कम हुन्छ।  साथै यसमा विटामिन सी, विटामिन बी ५ , विटामिन बी ६ , कपर, म्यांगनीज र पोटेशियम जस्ता  स्वस्थ पोषक जस्ता  तत्व पाईन्छ। यो सबै पोषक तत्व इम्यूनिटी बढाउन मेटाबलिज्मलाई  बूस्ट गर्न नयाँ कोष र  हड्डि निर्माण गर्न मदत्त  गर्छ र शरीरमा  कोलेस्ट्रलको स्तर  पनि कम हुन्छ। यति मात्र नभई यसले क्रनिक बिरामीको खतरा पनि कम हुन्छ।

जीराको फाईदा

भोजनमा मिठास ल्याउन  जीरामा  आयरनको  मात्रा धरै हुन्छ। एक चम्चा जीरामा १.४ मिलीग्राम आयरन हुन्छ।यसमा एंटीअक्सिडेंट,भिटामिन ए, विटामिन सी, पोटेशियम र म्यांगनीजबाट समृद्ध हुन्छ। यसलाई  मसलाको रुपमा नियमित सेवन गर्दा  मेटाबलिज्म बूस्ट रहन्छ। कोलेस्ट्रलको  स्तर कम गर्न र ब्लड शुगर पनि कम गर्न  गर्छ।

अमला र जीराले कसरी  वेटलस गर्छ मदत्त

शोध अनुसार अमला खानाले वजन कम गर्न मदत्त मिल्छ। एक अध्ययनमा पाईएको छ कि जो मान्छे खानामा अमलाको  सेवन गर्छन् उनले आफ्नो भोजनमा १३० क्यालोरी कम सेवन गर्छन्।

जीरामा थाइमोक्विनोन नामको  एक अद्वितीय सक्रिय घटक हुन्छ जुनमा एंटीअक्सिडेंट र एंटी-इंफ्लेमेटरी गुण हुन्छ। यो  घटकले  तपाईको शरीरमा  मुक्त कणको  निशाना बनाउँछ र शरीरबाट  विषाक्त  पदार्थ निकाल्न मदत्त गर्छ। यसले  तपाईको कोषको इंसुलिन र ग्लूकोजको  प्रतिक्रिया दिन मदत्त गर्छ जुनले तपाईको ब्लड शुगरलाई  स्थिर राख्न मदत्त गर्छ ।

वजन घटाउनको लागि यी २ तरिकाले अमला र जीराको प्रयोग गर्न सक्नुहुन्छ।

पहिलो  तरीका

एक चम्चा जीरा एक गिलास तातो पानीमा रातभर भिजाएर राख्नुहोला। बिहान पानीलाई छानेर  त्यसमा  आधा कप अमलाको रस मिलाएर पिउनुहोला।

दोस्रो तरिका

एक गिलास  तातो पानीमा आधा कप अमलाको रस मिलाउनुहोस् र त्यसमा थोरै  जीरा पाउडर मिलाउनुहोल।  यस मिश्रणलाई राम्रोसँग मिलाएर पिउनुहोला।

प्रकाशित : शनिबार, पुष १८, २०७७१७:४९

अण्डा र पनीर मध्ये कुनमा हुन्छ धेरै प्रोटिन ?