एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) को प्रशिक्षक नियुक्त भएलगत्तै माउरिसियो पोचिटिनोले खेलाडीलाई अनुशासित रहन चेतावनी दिएका छन् ।
सिजनको सुरुवात सन्तोषजनक ढंगले गर्न नसकेपछि पिएसजीले जर्मन प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको थियो । आफ्ना पूर्व खेलाडी पाचिटिन्होलाई पिएसजीले शनिबार प्रशिक्षक नियुक्त गरेको थियो ।

‘अनुशासन सबै सबैभन्दा महत्वपूर्ण हुन्छ’, पोचिटिनोले भने,‘ आदर, आपसी सम्बन्ध खेलाडीका बीचमा मात्र होइन स्टाफमा पनि हुनुपर्दछ । सबै क्लबको योजनामा रहेकाले त्यो महत्वपूर्ण हो ।’
४८ वर्षे पोचिटिनो सन् २०२२ को समरसम्म पिएसजीमा सम्झौता गरेका हुन् । उनले पिएसजीको मुख्य प्रशिक्षक हुन पाउँदा खुसी लागेको र क्लबको व्यवस्थापकले विश्वास गरेकोमो धन्यवाद व्यक्त गरे । पिएसजीले क्रिसमस अघि स्टार्सवर्गमाथि ४–० को जित निकालेको २४ घन्टा नबित्दै टुचेललाई बर्खास्त गरेको थियो । गत मंगलबार क्लबले आधिकारिक रुपमा टुचेललाई बर्खास्त गरेको बताएको थियो । पोचेटिनोले खेलाडीको सन् २००१ र २००३ पिएसजीबाट ९५ खेल खेलेको थियो ।
२०१९ नोभेम्बरमा टोटेनहमबाट बर्खास्तीपछि उनी जिम्मेवारी विहिन थिए । सोही समयमा पोचेटिनो को प्रशिक्षणमा टोटेनहमले च्याम्पियन्स लिगको फाइनल खेलेको थियो । पिएसजीमा पोचेटिनोको पहिलो खेल बुधबार सेन्ट इटियनविरुद्धको खेलमा हुनेछ ।
साविक विजेता पिएसजी लियोन र लिलसँग पछि पर्दै तेस्रो स्थानमा रहेको छ । लियोन र लिगको ३६ तथा पिएसजीको ३५ अंक छ । पिएसजीले गत सिजनको भन्दा यो सिजनको सुरुवाती समयमै बढी खेल गुमाइसकेको छ । पिएसजीले लिग वानमा यो सिजन ४ खेल गुमाइसकेको छ ।

