यी खानेकुराको सेवनले गर्नाले हृदयघात हुने खतराबाट बच्न सकिन्छ

पछिल्लो समयमा हृदयघातका कारणले गर्दा सयौं मानिसले अकालमा ज्यान गुमाउन पुगेका छन. अस्वस्थकर खानेकुराको सेवनले गर्दा हृदयघात हुने  खतरा दिन प्रतिदिन बढ्दै गईरहेका छन।  उच्च रक्तचाप , मधुमेह , धुम्रपान आदिको सेवन गर्नाले हृदयघातको समस्या बढेको छ।  स्वस्थकर खानेकुराको सेवनमा बिशेष ध्यान दिनाले सम्भावित रोगबाट केहि हदसम्म बच्न सकिन्छ।  आज म यहा त्यस्ता खानेकुराको बारेमा कुरा गर्न गइरहेको छु जसले सम्भावित  हृदयघात हुने खतराबाट बचाउन सहयोग।  गर्दछ।

 -माछा 

माछामा पाइने ओमेगा ३फ्याटि एसिडले कोलेस्टोरेल र उच्च रक्तचाप हुनबाट बचाई हृदयघात हुने खतरालाइ पनि कम गर्ने गर्दछ।  ओमेगा ३फ्याटि एसिडमा भएको अनेक गुणले गर्दा मुटुसंग सम्बन्धित लाग्ने रोगलाई निराकरण गर्न सहायोग गर्दछ।

 -अन्न अनाज 

उत्पादनमा आउने जति सबै अन्न अनाझहरुमा पनि हृदयघात हुने खतरा कम हुन्छ। यसमा प्रशस्त मात्रामा फाइबर , भिटामिन , म्याग्नेसियम , आइरन तथा शरीरलाइ आवश्यक पौष्टिक तत्व पाईन्छ।

 -दाल 

दैनिक खाने खानामा दाल मिसाई खानाले कोलेस्टोरेलको मात्रालाई नियन्त्रण गरि हृदयघात हुने खतराबाट बाहिर ल्याउने गर्दछ।  खराब कोलेस्टोरेलको कारणले गर्दा शरीरका रक्तनलिले राम्रो संग काम गर्न नसकी यसले सिधै मष्तिस्कमा असर गरि हृदयघात हुने समस्या हुन्छ।  त्यसैले दैनिक रुपमा दाल खाने गर्नाले हृदयघात हुने सम्भावना कम हुन्छ।

 – सखरखण्ड

सखरखण्डमा फाइबर र पोटासियमको मात्रा प्रसश्त मात्रामा हुने भएकाले उच्च रक्तचाप र हृदयघात हुने खतराबाट  बचाउछ।  यसमा अत्यधिक मात्रामा एन्टीअक्सिडेन्ट हुन्छ।  सखरखण्डलाइ नियमित रुपमा खानामा प्रयोग गर्नाले धेरै नै लाभ उठाउन सकिन्छ।

  -पोटासियमयुक्त खानेकुराहरु

एक अध्ययनका अनुसार  पोटासियमयुक्त खाना खानाले मुटु संग सम्बन्धित लाग्ने अनेक समस्याबाट बाहिर निस्कन सकिन्छ  .उच्च पोटासियम पाइने खानाहरुमा सखरखंड , च्याउ , भन्टा , फर्सी , काँक्रो , केराउ आदिको सेवन गर्नाले स्वास्थ्यमा लाभ हुने साथै हृदयघात हुने खतरा पनि कम हुन्छ।

– कम चिल्लो पदार्थयुक्त डेरी प्रोडक्ट

डेरी प्रोडक्टहरु जस्तै दुध , चिज , जस्ता पदार्थमा प्रोटिन , क्याल्सियम , पोटासियम , भिटामिन डि लगायत शरीरलाई आवश्यक पर्ने सम्पूर्ण पोषक तत्वहरु पाइने गर्छ। तर प्रसस्त मात्रामा चिल्लो पदार्थ पाइने डेरी प्रोडक्टहरुमा भने कोलेस्टोरेलको मात्रा बढी हुने हुनाले हृदयघात हुने अधिक सम्भावना रहन्छ।  मुटुलाई सधै स्वस्थ राख्नका लागि कम चिल्लो पदार्थ युक्त खाना खाने गर्नुपर्छ।

 

प्रकाशित : सोमबार, पुष २०, २०७७१६:५२

पुदिना सेवन गर्नुका ५ फाइदाहरु