मेस्सी अर्को कीर्तिमान नजिक

एजेन्सी – लिओनल मेस्सीले बार्सिलोनाबाट ७ सय ५० खेल खेलेका छन् । ला लिगामा आइबार बार्सिलोनाले हुएस्कालाई १–० ले हराउँदा मेस्सीको त्यो आँकडा पूरा भएको छ ।

अर्जेन्टिनी सुपर स्टारले अब १८ खेल खेले भने बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्ने छन् । सिजनका बाँकी खेल उनले जाभीको सर्वाधिक खेल खेल्ने कीर्तिमानलाई तोड्नेछन् । अल सादका पूर्व खेलाडी एवंम् हालका प्रशिक्षक समेत रहेका जाभीले बार्सिलोना छाड्न अघि ७ सय ६७ खेल रहेको छ । ला लिगाका बाँकी खेल र पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्धको च्याम्पियन्स लिगका २ गरि बार्सिलोनाले २४ खेल खेल्ने छ ।

त्यस्तै कोपाल डेल रे र सुपरकोपा डि स्पानाका खेल पनि बाँकी छन् । यी सबै खेलमा मेस्सी खेले भने उनले जाभीको कीर्तिमानलाई भंग गर्नेछन् । क्लबका आउने सबै खेल खेल्दै गएमा मेस्सीले फेब्रुअरीमा नै कीर्तिमान भंग गर्ने सम्भावना छ ।

यदि ३३ वर्षे मेस्सीले लिगका ५ खेल खेलेमा स्पेनमा माथिल्लो स्तरको ५ सय खेल पुरा गर्नेछन् । आइतबारको जितपछि बार्सिलोना १६ खेलबाट २८ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । बार्सिलोना शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग १० अंकले पछि छ ।

प्रकाशित : बुधबार, पुष २२, २०७७०८:३६

म नेइमारलाई अझ उत्कृष्ट बनाउँछु: पोचेटिनो