माघे संक्रान्तिको दिन गर्नुहोस् यी मन्त्रको जप, मिल्नेछ लाभ नै लाभ !

हिन्दू धर्ममा मकर संक्रान्ति पर्वको विशेष महत्त्व छ। सूर्य भगवान धनु राशिबाट मकरमा प्रवेश गर्ने घटनालाई मकर संक्रान्ति भनिन्छ। मकर संक्रान्तिको अवसरमा सूर्य भगवानको विशेष पूजा गरिन्छ।

यस दिन भगवान सूर्यसँग मागेको हरेक वरदान पूरा हुन्छ भन्ने विश्वास रहेको छ। यस लेखमा हामी मकर संक्रान्ति उत्सवको लागि विशेष सूर्य मंत्रको बारेमा बताउँछौं। मकर संक्रान्तिको दिन यी मन्त्र ११ पटक जप गर्दा सूर्य भगवानको कृपा सधैं तपाईंमा रहनेछ।

१. ॐ घृ‍णिं सूर्य्य: आदित्य:

२. ॐ ह्रीं ह्रीं सूर्याय सहस्रकिरणाय मनोवांछित फलम् देहि देहि स्वाहा।।

३. ॐ ऐहि सूर्य सहस्त्रांशों तेजो राशे जगत्पते, अनुकंपयेमां भक्त्या, गृहाणार्घय दिवाकर:।

४. ॐ ह्रीं घृणिः सूर्य आदित्यः क्लीं ॐ ।

५. ॐ ह्रीं ह्रीं सूर्याय नमः।

६. यो मकर संक्रान्तिको विशेष मन्त्र हो। संक्रान्तिको दिन कुनै पनि समय तपाईं सूर्यतर्फ मुख फर्काएर यो मन्त्रको जप गर्न सक्नुहुन्छ।

भास्करस्य यथा तेजो मकरस्थस्य वर्धते।

तथैव भवतां तेजो वर्धतामिति कामये।।

मकरसंक्रांन्तिपर्वणः सर्वेभ्यः शुभाशयाः।

प्रकाशित : बुधबार, पुष २२, २०७७१७:२०

भोलि सफला एकादशी, यसरी राख्नुहोस् व्रत, पूरा हुनेछ हरेक मनोकामना !