आज पनि घट्यो सुनको मूल्य, कति ?

स्थानीय बजारमा आज शुक्रबार सुनको मूल्य प्रतितोला रु १०० ले ओरालो लागेको छ । आज छापावाला सुन प्रतितोला रु ९५ हजार ३०० मा कारोवार भइरहेको छ । छापावाला सुन बिहिबार भने प्रतितोला रु ९५ हजार ४०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला रु ९४ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । प्रतितोला रु ९४ हजार ९०० मा बिहिबार कारोवार भएको तेजाबी सुनसमेत तोलामा रु १०० ले घटेको छ ।

यस्तै चाँदीको मूल्य भने आज स्थिर रहेको छ। बिहिबार एक हजार ३३० मा कारोबार भएको चाँदी  आज पनि सोहि भाउमा कारोवार भइरहेको छ ।

प्रकाशित : शुक्रबार, पुष २४, २०७७११:१९

आज २ हजारभन्दा धेरैले घट्यो सुनको मूल्य, यो महिना कै सस्तो !