प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनविरुद्ध आज देशव्यापी रूपमा विरोध गर्दैछ। असंवैधानिक र अलोकतान्त्रिक तरिकाले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको भन्दै कांग्रेसले आज प्रदेशसभाको सबै निर्वाचन क्षेत्रमा प्रदर्शन र विरोध कार्यक्रम गर्न लागेको हो।
विरोध कार्यक्रममा काँग्रेसले प्रतिनिधिसभा विघटनको मुद्दाका साथै भ्रष्टाचार र जनजीविकाका मुद्दालाई पनि अगाडी सारेको छ। देशभर ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदर्शन कार्यक्रम गर्न लागेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। सम्बन्धित क्षेत्रका नेताहरूले सम्बोधन गर्ने प्रदर्शनपछि माघ ३ गते पालिका र माघ ८ गते भने वडा तहमा विरोध प्रदर्शन गर्ने काँग्रेसको तयारी छ।
पुसको १९ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णय अनुसार प्रदर्शन गर्न लागेको कांग्रेसले यस अघि पुष १३ गते पनि सोहि मुद्दालाई लिएर १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र केन्द्रित प्रदर्शन गरेको थियो।