काठमाडौँ – आइतबार घटेर पुस महिनाकै सस्तो भएको सुनको मूल्य सोमबार पनि घटेको छ। सोमबार सुनको मूल्य तोलामा ८ सय रुपैंयाले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको वृद्धिसँगै नेपाली बजारमा छापवाला सुन प्रतितोला ९२ हजार २ सयमा कारोबार भइरहेको छ। यस अगाडी छापावाला सुनको मूल्य आइतबार ९३ हजारमा कारोबार भएको थियो।
सोमबार तेजाबी सुनको मूल्य पनि तोलामा ८ सयले घटेको छ। जससँगै तेजाबी सुनको मूल्य ९१ हजार ७ सय कायम भएको छ। यस अगाडी तेजाबी सुन आइतबार ९२ हजार ५ सयमा कारोबार भएको थियो।
सोमबार कायम भएको सुनको मूल्य पुस महिनाकै कम रहेको छ। पुस महिनामा सुनको मूल्य बढीमा ९६ हजार ७ सय सम्म पुगेको छ भने कममा ९२ हजार २ सय सम्ममा झरेको छ।
त्यति मात्र नभई सोमबार कायम भएको सुनको मूल्य ४० दिन यताकै कम हो। मङ्सिर १७ गते प्रतितोला ९१ हजारमा कारोबार भएपश्चात सुनको आज जति सस्तो भएको थिएन।
यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ। तोलामा ४० रुपैंया घटेसँगै चाँदीको मूल्य आज १ हजार २ सय ३० कायम भएको छ।