माघको पहिलो दिन नै घट्यो सुनको भाउ, ४१ दिन यताकै सस्तो

महिनाको पहिलो दिन आज बिहिबार सुनको मूल्य ४१ दिन यताकै सस्तो भएको छ। पछिल्लो केहि दिनयता लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा आज ८ सय रुपैयाँले गिरावट आएको छ।

बुधबार प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापवाला सुन बिहिबार ८ सयले घटेर तोलाको ९२ हजार १ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, आज तेजाबी सुनको मूल्य भने प्रतितोला ९१ हजार ६ सय कायम भएको छ। बुधबार ९२ हजार ४ सयमा कारोबार भएको तेजाबी सुनमा पनि ८ सय रुपैयाँले नै गिरावट आएको हो।

आजको सुनको मूल्य पछिल्लो ४१ दिनयताकै साटो हो। गत मङ्सिर १७ गते ९१ हजार कायम भएको सुनको भाउ त्यस पश्चात आजको भन्दा कम भएको थिएन।

त्यस्तै, पुष महिनामा सुनको मूल्य २२ गते सबैभन्दा उच्च ९६ हजार ७ सय कायम भएको थियो भने २७ गते सबैभन्दा कम ९२ हजार २ सयमा कारोबार भएको थियो।

त्यस्तै, बिहिबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला १ हजार २ सय ६० मा कारोबार भएको सुन आज १५ रुपैयाँले घटेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : बिहिबार, माघ ०१, २०७७११:१३

आज बुधबार फेरी बढ्यो सुनको मुल्य, यस्तो छ आजको भाउ!