आज बुधबार फेरी बढ्यो सुनको मुल्य, यस्तो छ आजको भाउ!

काठमाडौँ, माघ ८। बुधबार बढेको सुनको मूल्य आज पनि बढेको छ  । माघ लागेपछि केहि दिन घटेको सुनको मूल्य बुधबार बढेको थियो । बुधबारको तुलनामा सुनको मूल्य आज तोलामा ६  सयले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य बढेसँगै नेपाली बजारमा छापावाला सुनको मूल्य ९३  हजार १ सय रुपैयामा  कायम भएको छ। यस अगाडी  बुधबार  छापावाला सुन ९२ हजार ५ सयमा कारोबार भएको थियो।

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ६  सय रुपैंयाले बढेको छ। जससँगै तेजाबी सुनको मूल्य ९२ हजार ६ सयमा कायम भएको छ। यस अगाडी तेजाबी सुन ९२  हजारमा कारोबार भएको थियो।

१० ग्राम सुनको मूल्य कति?

नेपाली बजारमा आज १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ८ सय २०  पर्ने नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार बुधबारको तुलामा यो ५ सय १५  रुपैंयाले बढी हो। आज १० ग्राम तेजाबी सुनको मूल्य ७९  हजार ३  सय ९०  छ।

चाँदीको मूल्य

बुधबार नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ। तोलामा १५ रुपैंयाले बढेसँगै चाँदीको मूल्य १ हजार २ सय ७५  कायम भएको महासंघले जनाएको  छ।

प्रकाशित : बिहिबार, माघ ०८, २०७७१२:२५

लगातार उकालो लाग्दै सुनको भाउ, माघ महिना कै महँगो !