बलिउड नायिकाको यो तस्विर लाखौंलाई मनपर्यो ! कसको होला ? हेर्नुहोस् !

एजेन्सी – बलिउड जगतको सबै भन्दा सुन्दर र आकर्षक नायिकाहरुको कुरा हुँदा ज्याक्लिन फर्नान्डेजको नाम शीर्ष सूचीमा समावेश हुने गर्छ। ज्याक्लिन बलिउडकै सबै भन्दा सुन्दर नायिकामा पर्छिन्।

श्रीलंकन भएर पनि बलिउडमा राम्रो पकड जमाउन सफल ज्याक्लिनको सुन्दरतामा करोडौं कायल छन्। ज्याक्लिनले अहिले सम्म धेरै हिट चलचित्रहरुमा काम गरिसकेकी छन्।

ज्याक्लिन सामाजिक संजालमा समेत सक्रिय छिन्। इन्स्टाग्राममा मात्रै उनलाई ४ करोड ७४ लाख भन्दा बढी मानिसहरुले पच्छ्याएका छन्। इन्स्टाग्राममा ज्याक्लिनले नियमित जस्तै तस्विर तथा भिडियोहरु सार्वजनिक गर्ने गरेकी छन्। ज्याक्लिनले अपलोड गर्ने तस्विर तथा भिडियोहरुले राम्रै चर्चा पनि बटुल्ने गरेका छन्।

यसैबीच ज्याक्लिनले केहि दिन अपलोड गरेको एक तस्विर यति बेला चर्चामा छ। ज्याक्लिनले आफ्नो ‘इन्स्टा’मा अपलोड गरेको एक सुन्दर बालिकाको तस्विर चर्चामा आएको हो।

कसको हो तस्विर ?

ज्याक्लिनले सार्वजनिक गरेको उक्त तस्विर अरु कसैको नभई उनकै हो। बचपनमा खिचिएको उक्त तस्विरमा पनि ज्याक्लिन उत्तिकै सुन्दर देखिन्छिन् ।

ज्याक्लिनको उक्त तस्विरलाई २१ लाख भन्दा बढीले लाइक गरेका छन् भने बचपनको तस्विरमा ज्याक्लिन अहिले भन्दा धेरै सुन्दर र क्युट देखिएको प्रतिक्रिया हजारौंले दिएका छन्।

प्रकाशित : सोमबार, पुष २७, २०७७१३:३७

भट्टाभट बच्चा जन्माउने प्रियंकाको सङ्केत यति धेरै बच्चा जन्माउने रहेछ सोच !