भट्टाभट बच्चा जन्माउने प्रियंकाको सङ्केत यति धेरै बच्चा जन्माउने रहेछ सोच !

एजेन्सी – बलिउड तथा हलिउडमा राम्रो ख्याती कमाउन सफल अभिनेत्री प्रियंका चोपडाले आफूलाई दर्जन सन्तान चाहिएको बताएकी छन्।

बेलायती म्यागजिन सन्डे टाइम्सलाई अन्तर्वार्ता दिनेक्रममा चोपडाले आफूलाई पूरै क्रिकेट टिमजति बच्चा चाहिएको बताएकी हुन्। सन् २०१८ मा अमेरिकी पप गायक निक जोनससँग विवाह गरेकी प्रियंकाले सन्डे टाइम्ससँग कुरा गर्दै हुन सक्ने जति सन्तान चाहिएको बताइन्।

“मलाई बच्चाहरु चाहिन्छ । जति हुन सक्छन् त्यति बच्चा । एक क्रिकेट टिमजति ? म निश्चित छैन ।”,सन्डे टाइम्सलाई दिएको अन्तर्वार्तामा नायिका चोपडाले भनेकी छन्। रमाइलो पारामा प्रियंकाले आफूलाई एक क्रिकेट टिम बनाउन पुग्ने जति सन्तान चाहिएको बताइन्।

साथै प्रियंकाले कोरोना भाइरसको महामारी पश्चात पति निकसँग राम्रो समय व्यतित गर्न सकेको र त्यसले आफूलाई सन्तुष्ट बनाएको पनि बताएकी छन्। भारतमा रहेको आफ्नो परिवारबाट टाढा रहनुपरेपनि निकसँग समय व्यतित गर्ने मौका मिलेको प्रति उनले खुशी व्यक्त गरिन्।

कोरोना महामारी पश्चात क्वारेन्टिन बस्दा एक-अर्कालाई बुझ्ने राम्रो मौका मिलेको उनको भनाई छ। दुवै प्रयास व्यस्त रहने गरेकोमा कोरोना महामारीका कारण एक-अर्का सँगै रहने र एक-अर्कालाई अझ बढी बुझ्ने मौका मिलेको उनले बताइन्।

यस्तै प्रियंकाले आफूहरुको संस्कृति फरक भएपनि आफ्नो जीवनमा खासै फरक नपरेको पनि बताएकी छन्। स्मरण रहोस् प्रियंकाको हिन्दू हुन् भने निक क्रिस्चियन हुन्। प्रियंकाको विवाह हिन्दू र क्रिस्चियन दुवै रितिरिवाजअनुसार भएको थियो। आफूहरुको संस्कृति फरक भएका कारण आफूलाई कुनै समस्या नभएको उनले बताइन्।

“संस्कृति फरक भएका कारण मैले कुनै पनि समस्या महशुस गरेको छैन।”,उनले भनिन्,” निक भारतमा त्यसैगरी आएका थिए जसरी एउटा माछा पानीमा आउँछ ।”

प्रकाशित : मङ्गलबार, पुष २८, २०७७१४:५८

अनुष्का र विराटले शेयर गरेनन् आफ्नी छोरीको तस्बिर, भाइरल भयो फेक फोटो !