अनुष्का र विराटले शेयर गरेनन् आफ्नी छोरीको तस्बिर, भाइरल भयो फेक फोटो !

अनुष्का शर्मा र विराट कोहलीको घरमा खुशीको खबर आएको छ। सोमबार अनुष्काले छोरी जन्माएकी छन्। त्यसपछि दुवैको प्रशंसक निकै उत्साहित रहेका छन्। सोशल मीडियामा उनलाई सबैजनाले बधाई दिईरहेका छन्। यसका साथै बच्चाको तस्विर भाइरल भईरहेको छ। युजर्सले अनुष्का र विराटको छोरीको पहिलो तस्विर मानेका छन्। थाहा पाउनुहोस यी तस्विरको सच्चाई के हो। विराट कोहलीको भाई विकास कोहलीले कपललाई बधाई दिदै एक भिडियो साझा गरे जुनमा बच्चाको खुट्टा देखिएको छ। यसका साथै उनले लेखे, ‘घरमा खुशी आएको छ ,घरमा परी आएकी छन्।’ विकास कोहलीको यस भिडियोलाई कैयौँ यूजर्सले शेयर गरेका छन्। तर यो भिडियो केवल बधाई दिनको लागि मात्र रहेको छ।

 

View this post on Instagram

 

A post shared by Vikas Kohli (@vk0681)

विराट कोहलीको बहिनी भावना कोहलीले पनि एक तस्विर शेयर गर्दै कपललाई बधाई दिएका छन्। उनले क्याप्सनमा लेखेकी छन्, ‘फुपु निकै खुशी छिन् ,सुन्दर सानी परी। बधाई छ विराट र अनुष्का।’ भावनाको यो पोस्ट म्यासेज शेयर गर्नको लागि रहेको छ। यसमा रहेको खुट्टा विराट-अनुष्का को छोरी हैन।विराट र अनुष्का आमाबुवा बनेपछि फ्यान बच्चाको तस्विर हेर्नको लागि निकै आतुर भएका छन्। विराटले छोरी जन्मेपछि पोस्ट शेयर गरेका छन् जुनमा उनले आशा छ कि हाम्रो गोपनीयतालाई सम्मान गर्नुहुनेछ।

विराटले ट्वीट गरेका छन् कि, ‘हामी दुईजनालाई यो बताउँदै गर्दा निकै खुशी लागेको छ कि आज हाम्रो छोरीको जन्म भएको छ। हामी तपाईहरुको माया र शुभकामनाको लागि निकै आभारी छौ। अनुष्का र छोरी दुवैजना ठिक छन्। यो हाम्रो सौभाग्य हो कि यस जिन्दगीको यो अध्याय अनुभव गर्न मिल्यो। तपाईहरुले बुझ्नुहुन्छ होला कि हामीलाई यस समय केहि गोपनियता चाहिएको छ।’

प्रकाशित : मङ्गलबार, पुष २८, २०७७१५:२७

२० वर्ष पहिले यस्ती देखिन्थिन् प्रियंका, तस्विर भयो भाइरल ! [तस्विर सहित]