२० वर्ष पहिले यस्ती देखिन्थिन् प्रियंका, तस्विर भयो भाइरल ! [तस्विर सहित]

एजेन्सी – बलिउडमा मात्र नभई हलिउडमा समेत राम्रो ख्याती कमाएकी अभिनेत्री प्रियंका चोपडा सामाजिक संजालमा धेरै नै सक्रिय छिन्। प्रियंका विशेष गरेर इन्स्टाग्राममा बढी सक्रिय रहने गर्छिन्।

इन्स्टाग्राममा उनलाई पछ्याउने करोडौं छन्। अहिले सम्म उनलाई ५ करोड ९६ लाख भन्दा बढी मानिसले फलो गरिसकेका छन्। प्रियंकाले इन्स्टाग्राममा नियमित जस्तै तस्विरहरु अपलोड गर्ने गरेकी छन्।

यसै बीच प्रियंकाले सोमबार मात्रै अपलोड गरेको तस्विर यति बेला चर्चामा छ। २० वर्ष भन्दा पनि पूरानो उक्त तस्विरले लाखौंलाई दिवाना बनाइरहेको छ।

के छ तस्विरमा ?

प्रियंकाका प्रशंसकहरुलाई मनपरिरहेको तस्विर अरुकसैको नभई प्रियंकाकै हो। प्रियंकाले इन्स्टाग्राममा तस्विर उनी १७ वर्ष हुँदाको रहेको उल्लेख गरेकी छन्।

“लीन,मीन, आल अफ 17” ,तस्विर सार्वजनिक गर्दै प्रियंकाले लेखेकी छन्।

प्रियंकाको तस्विरमा सेलेब्सको कमेन्टस

प्रियंकाको तस्विरमा उनका फ्यान्सले मात्र नभई सेलिब्रिटीहरुले पनि कमेन्ट गरेका छन्। उनको तस्विरमा प्रतिक्रिया जनाउनेहरुमा क्टयारीना कैफ, दीया मिर्जा, राजकुमार राव जस्ता बलिउड हस्ती छन्।

प्रकाशित : मङ्गलबार, पुष २८, २०७७१८:१९

शाहरुख खानलाई चलचित्रको कथा सुनाउन एक निर्देशकले यस्तो सम्म गरे, भाइरल हुँदैछ घटना !