शाहरुख खानलाई चलचित्रको कथा सुनाउन एक निर्देशकले यस्तो सम्म गरे, भाइरल हुँदैछ घटना !

एजेन्सी – सन् २०१८को अन्तिममा शाहरुख खानको एक चलचित्र रिलिज भएको थियो। उक्त चलचित्रबाट शाहरुखले धेरै आशा गरेका थिए। चलचित्रको नाम थियो ‘जिरो’।

उक्त चलचित्रले बक्सअफिसमा खासै कमाल देखाउन सकेन। चलचित्र फ्लप भयो। त्यसपश्चात शाहरुख यसरी हच्किए कि २ वर्ष बितिसक्दा उनको एक चलचित्र पनि रिलिज भएको छैन। भारतीय संचार माध्यमहरुका अनुसार ‘जिरो’ फ्लप भएपश्चात शाहरुख चलचित्रको स्क्रिप्टलाई लिएर गम्भीर भएका छन्।

यति बेला शाहरुखका प्रशंसकहरु उनको नयाँ चलचित्रको पर्खाईमा छन्। शाहरुख चलचित्रहरुमा खासै नदेखिएपनि उनको माग भने कम भएको छैन।

उमेरले ५५ वर्ष लागिसक्दा पनि उनको माग घटेको छैन। शाहरुखलाई भेट्न सर्वसाधारण प्रशंसक र शुभचिन्तक मात्र नभई निर्देशक र निर्माताहरु समेत मरिहत्ते गर्छन्।

यसै बीच शाहरुखसँग सम्बन्धित एक खबरले धेरैलाई चकित बनाइरहेको छ। खबर के हो भने – बेंगलुरुका एक फिल्म निर्देशक आफ्नो फिल्मको पटकथा सुनाउन शाहरुखलाई घर बाहिर ‘धर्ना’ दिएर बसिरहेका छन्।

भारतीय संचारमाध्यम पिंकभिल्लाका अनुसार शाहरुखको घर अगाडी धर्ना दिने निर्देशक जयन्थ सिंज हुन्। उनी सन् २०२० डिसेम्बर ३१ गतेदेखि शाहरुखको घर बाहिर धर्ना दिएर बसिरहेका छन्। साथै उनले सन् २०२१ को आफ्नो नयाँ फिल्म ‘प्रोजेक्ट एक्स’मा शाहरुखलाई राख्ने भन्दै सामाजिक संजालमा पोस्ट पनि गरेका छन्।

एक्सन-थ्रिलर चलचित्र ‘प्रोजेक्ट एक्स’को कथा लेख्न आफूले लगभग २ वर्ष लगाएको निर्देशक जयन्थको दावी छ। सामाजिक संजाल मार्फत नै उनले ‘प्रोजेक्ट एक्स’को पोस्टर समेत सार्वजनिक गरिसकेका छन्।

प्रकाशित : बुधबार, पुष २९, २०७७१४:१०

कार्तिक आर्यनले मात्रै १० दिनमा पूरा गरे ‘धमाका’को शूटिंग, लिए यति धेरै पारिश्रमिक !