कार्तिक आर्यनले मात्रै १० दिनमा पूरा गरे ‘धमाका’को शूटिंग, लिए यति धेरै पारिश्रमिक !

एजेन्सी – बलिउडमा प्यार का पंचनामा 2,पति पत्नी और वो,लुका छुप्पी जस्ता चलचित्रमा काम गरिसकेका कार्तिक आर्यनले अर्को एक चलचित्रको छायाँकन पनि सकाएका छन्।

आर्यनले राम माधवानीको चलचित्र ‘धमाका’को छायाँकन सकाएका हुन्। यस अगाडी ‘लवर बोय’को रुपमा चलचित्रहरुमा देखा पर्दै आएका आर्यन ‘धमाका’मा भने फरक रुपमा देखिने भारतीय संचार माध्यमहरुले जनाएका छन्। चलचित्रमा कार्तिकले एक पत्रकारको भूमिका निभाएको बताइएको छ।

१० दिनमै पूरा गरे शुटिंग

चलचित्रको आउटडोर शुटिंग कार्तिकले मात्रै १० दिनमा सकाएको भारतीय संचार माध्यमहरुको दावी छ। चलचित्र निर्माण पक्षले चलचित्रक आउटडोर शुट सकाउन १४ दिनको समय दिएको भएता पनि कार्तिकले १० दिनमै शुटिंग सकाएको भारतीय संचार माध्यमहरु बताउँछन्। चलचित्रको छायाँकन छिट्टै सकियोस् भनेर चलचित्रका धेरै भाग इनडोर खिचिएको निर्माण पक्षको भनाई छ।

चलचित्रमा काम गर्न कार्तिकले लिए यति धेरै रकम

पछिल्ला चलचित्रहरुमा मिलेको सफलताले बलिउडमा कार्तिकको ‘डिमाण्ड’ बढाएको छ। कार्तिकको साथमा अहिले कयौं चलचित्र छन्। कार्तिक छिट्टै धमाका,भूल भुलैया २,दोस्ताना जस्ता चलचित्रमा देखा पर्ने पक्का जस्तै भएको छ।

आफ्नो डिमाण्ड बढेसँगै कार्तिकले आफ्नो पारिश्रमिक पनि बढाएका छन्। भारतीय संचार माध्यमहरुले दावी गरेअनुसार चलचित्र ‘धमाका’मा काम गरेवापत कार्तिकले २० करोड पारिश्रमिक पाएका छन्।

प्रकाशित : बिहिबार, माघ ०१, २०७७१५:३७

४८ वर्षीय मुख्यमन्त्रीसँग विवाह गर्दै मिस मंगोल, यति सुन्दर छिन् ! [तस्विर सहित]