४८ वर्षीय मुख्यमन्त्रीसँग विवाह गर्दै मिस मंगोल, यति सुन्दर छिन् ! [तस्विर सहित]

काठमाडौँ – प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक बन्धनमा बाँधिने भएका छन्। उमेरले ४८ वर्ष पुगिसकेका राईले छिट्टै विवाह गर्ने भएका हुन्।

मुख्यमन्त्री राईको विवाहबारे उनको सचिवालयले पुष्टि गरिसकेको छ। राईको विवाह मिस मंगोल २०१८ की विजेता जाङमु शेर्पासँग हुने राईको उनको सचिवालयले जनाएको छ।

मुख्यमन्त्री राईका स्वकीय सचिव नवराज राईका अनुसार विवाह यहि माघ ११ गते हुनेछ। ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह हुन लागेको हो।  मुख्यमन्त्री राई र ज्याङ्मु बीच धेरै उमेरअन्तर रहेको अनुमान गरिएको छ।

मिस मंगोल २०१८ की विजेता शेर्पाको उमेर २० वर्ष पुगेको पारिवारिक श्रोतले जनाएको छ। एक श्रोतका अनुसार राई र शेर्पाको करिब एक वर्ष देखि प्रेम सम्बन्धमा थिए।

मुख्यमन्त्री राईको पर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन् । उनी हाल काठमाडौंमा बस्दै आएको बताइन्छ । उनका बाबु–आमा अमेरिकामा छन् ।

मुख्यमन्त्री राईले काठमाडौं र प्रदेश १ को राजधानी विराटनगरमा शुभचिन्तक, राजनीतिककर्मी, उद्योगी र कर्मचारीलगायतलाई भोज दिने तयारी गरेको बताइएको छ ।

तस्विर: सामाजिक संजाल

 

प्रकाशित : शनिबार, माघ ०३, २०७७१४:११

जो बाइडेनको शपथ ग्रहण समारोहमा हलिउडका यी स्टारहरुले दिनेछन प्रस्तुति!