जो बाइडेनको शपथ ग्रहण समारोहमा हलिउडका यी स्टारहरुले दिनेछन प्रस्तुति!

२० जनवरीमा नव-निर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनको शपथग्रहण समारोह कडा सुरक्षामा हुनेछ। यो शपथ ग्रहण समारोह निकै खास तरिकामा हुनेछ। शपथ ग्रहण समारोहमा हलिउडको थुप्रै  चर्चित कलाकारले  आफ्नो प्रस्तुति दिनेछन्।

अमेरिकी सिंगर लेडी गागाले  अमेरिकाको नयाँ  राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण समारोहमा  राष्ट्रगान गाउनेछिन्। जेनिफर लोपेजले पनि आफ्नो प्रस्तुति दिनेछिन् ।

यस बाहेक जस्टिन टिंबरलेक, जन बोन जिवो, डेमी लोवेटो र एंट क्लेमोंसको प्रस्तुति पनि रहनेछ। यसैबीच डोनाल्ड ट्रम्पले शुक्रबार घोषणा गरे कि उनी  जो बाइडेन शपथ ग्रहण समारोहमा जाने छैनन्। जब डोनाल्ड ट्रम्प राष्ट्रपति बनेका थिए, तब ज्याकी इवान्चोले नेशनल एन्थम  गाएकी थिइन्। ट्रम्प समर्थकले २० जनवरीमा  हिं-सा फैल्याउन सक्ने शंका गरिएको छ।

प्रकाशित : आइतबार, माघ ०४, २०७७१६:२७

जब शाहरुखले गौरीको कट्टर हिन्दु परिवारको अगाडी भने – ‘अब यिनी बुर्का लगाउनेछिन्, नाम हुनेछ आयशा’