जब शाहरुखले गौरीको कट्टर हिन्दु परिवारको अगाडी भने – ‘अब यिनी बुर्का लगाउनेछिन्, नाम हुनेछ आयशा’

शाहरुख खान र गौरी खान बलिउडको फेवरेट कपल्समध्ये एक हो। दुवैको विवाह सन् १९९९ मा भएको थियो। विवाहका रोचक क्षणहरु सम्झेर आज पनि यी दुई मुस्कुराउँछन्। यस्तै एक किस्साको उल्लेख शाहरुखले फरीदा जलाल च्याट शोमा गरेका थिए। शाहरुखले बताएका थिए कि कसरी उनले गौरीको परिवारसँग प्राङ्क गरेका थिए।

उक्त किस्साको बारेमा कुरा गर्दै शाहरुखले बताए कि गौरीको परिवार पुरानो सोचका छन्। रिसेप्शन पछि जब उनको पूरा परिवार जम्मा भए तब उनीहरु आपसमा गौरीको धर्म परिवर्तनको बारेमा कुरा गर्दै थिए। शाहरुखले यो कुरा सुनेर र भने – ‘गौरी हिड, बुर्का लगाऊ, नमाज पढम, हिड।’

यो सुनेर गौरीका परिवार एक-अर्कालाई हेराहेर गर्न थाले, चारैतिर सन्नाटा छायो र फेरी केही बेरपछि शाहरुखले अझ मजाक गर्दै भने – ‘आज देखि यिनी बुर्कामा रहनेछिन्। आजको दिनबाट यिनी घरबाट बाहिर निस्किने छैनन्। यिनको नाम हामी आयशा राख्नेछौं।’ पछि उनले गौरीका परिवारलाई आफूले सुरुदेखि नै मजाक गरिरहेको कुरा बताए।

शाहरुख भन्छन् कि प्रेमले धर्म बदल्नुपर्छ। ‘त्यतिबेला मलाई धेरै मज्जा आयो र त्यसबाट यो पाठ पनि सिके कि मानिस धर्मको इज्जत गर्छन्, जुन प्रेमको बाटोमा आउनुहुन्न। अहिले त यस्तो छ कि गौरीका परिवार उनलाई भन्दा बढी मलाई माया गर्छन्।’

सन् २००५ मा कफी विथ करण शोमा गौरीले शाहरुखसँग धर्मको कारण हुने भेदभाव बारे खुलेर कुराकानी गरेकी थिईन्। उनले भनेकी थिईन् – ‘म शाहरुखको धर्मको अत्यन्तै धेरै इज्जत गर्छ। तर यसको मतलब यो होइन कि मैले आफ्नो धर्म बदल्नुपर्छ र मुस्लिम धर्म अपनाउनुपर्छ। म यस्तो कुरामा बिल्कुलै विश्वास गर्दिन।’

‘मेरो विचारमा हरेक व्यक्तिको आफ्नै अलग पहिचान हुन्छ र तिनले आफ्नो धर्म पालन गर्नुपर्छ। हामी कसैले अरु धर्मलाई अनादर कदापी गर्नुहुन्न। शाहरुखले मेरो धर्मलाई कहिलेपनि अनादर गरेको छैन।’

वर्क फ्रन्टमा शाहरुख खानलाई अन्तिम पटक फिल्म जिरोमा देखिएको थियो। अब दुई वर्षपछि सिद्धार्थ आनन्द को फिल्म पठानमा देखिनेछन्। यस फिल्मलाई लिएर बलिउड बजारमा निकै चर्चा चलिरहेको छ।

प्रकाशित : मङ्गलबार, माघ ०६, २०७७१९:१६

सनीले खुलाइन् बाल्यकालको दुखद घटना : साथीहरुले गिज्याएर धुरुक्कै रुवाउँथे उनलाई