सनीले खुलाइन् बाल्यकालको दुखद घटना : साथीहरुले गिज्याएर धुरुक्कै रुवाउँथे उनलाई

बलिउड एक्ट्रेस सनी लियोनीले हालै एक अन्तर्वार्तामा बाल्यकालमा भएको बुलि बारे खुलासा गरेकी गरेकी छिन् र उनले यस प्रकारका चिजलाई भुलेर अगाडी बढ्न निकै सङ्घर्ष गर्नुपरेको बताइन्।

तिमध्ये केही यादहरु यस्ता छन् जुन आफूले अहिलेसम्म पनि भुल्न नसकेको सनीले बताइन्। टाइम्स अफ इन्डियासँगको कुराकानीमा सनीले भनिन् – ‘मलाई त्यो हद सम्म बुलि गरिएको थिएन जति मानिसलाई गरिएको बारे सुन्छु, तैपनि मैले बुलिको सामना गर्नु परेको थियो।’

सनीले भनिन् – ‘म एक गोरो त्वचा भएको भारतीय युवती थिए जसको हात र गोडामा काला रौँ थिए। र अर्को कुरा म राम्रोसँग ड्रेसअप गर्दिन्थे जसको कारण थोरै अजिब देखिन्थी। जसको कारण म पनि बुलिको शिकार भए र यसमा कुनै मस्ती या मजाकका कुराहरु हुन्थेनन्। तिनीहरुले  गिज्याएको कारण म धुरुधुरु रोएकी पनि छु। ‘

सनीले बताइन्, ‘यसका केही हिस्सा त जिन्दगीभर मसँग नै रहिरहनेछन् जुन बिल्कुलै राम्रो कुरा हैन।’ सनीले बताइन कि बुलि हुनु कुनै सर्कल जस्तै हुन्छ जसलाई तपाई पूरा गर्नुहुनेछ। जब कसैले तपाईलाई बुलि गर्छ नि घुमिफिरी तपाईले पनि मौका मिल्नेबित्तिकै बुलि गर्न थाल्नुहुन्छ।

सनीले सुझाव दिँदै भनिन् कि मानिसहरुले यस चक्रलाई तोड्ने कोसिस गर्नुपर्छ ताकि भावी जीवनमा परिस्थिति राम्रो होस् र सुधार आओस्।

खासमा सनी लियोनी बिग बोस ५बाट भारत लागायत दक्षिण एसियाली मुलुकहरुमा चर्चित भएकी थिईन्। त्यसपछि उनले सन् २०१२ मा रिलिज भएको फिल्म ‘जिस्म-२’ बाट बलिउड डेब्यु गरेकी थिईन्। त्यसपछि सनी धेरै फिल्महरुमा देखिईन्।

उनले रागिनी एमएमएस२, एक पहेली लीला र ज्याकपट लगायत थुप्रै फिल्महरुमा काम गरिसकेकी छिन्। चाँडै सनी दक्षिण भारतीय फिल्ममा अहम भूमिकामा देखिनेछिन्।

प्रकाशित : बुधबार, माघ ०७, २०७७१६:४३

ड्रग्स मामिलापछि गुमनाम भईन् रिया, फोटोग्राफर्स देखेपछि जोडिन् दुई हात