ड्रग्स मामिलापछि गुमनाम भईन् रिया, फोटोग्राफर्स देखेपछि जोडिन् दुई हात

अभिनेत्री रिया चक्रवर्ती बुधबार दिउँसो शहरबजार डुलिरहेको भेटिएको छ। भारतीय सञ्चारमाध्यमले अभिनेत्रीलाई बान्द्रामा एक फूल पसलमा क्यामरामा कैद गरेका छन्, जहाँ उनी फूल किन्न गएकी थिईन्। अहिले यो तस्बिर इन्टरनेटमा भाइरल भईरहेको छ र मानिसहरुले यसलाई सुशान्त सिंह राजपूतसँग जोडेर हेरेका छन्।

वास्तवमा रियाका ब्वायफ्रेन्ड रहेका दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको आज २१ जनवरीमा जन्मदिन हो।  यहीँ कारण पनि रिया फूल किन्न गएको अनुमान छ। जब रिया फूल किन्न गईन्, पपराजीले उनलाई क्यामरामा कैद गर्न थाले। यसैबीच उनले सबै अगाडी दुई हात जोडेकी छिन्। उनी एकदम हतोत्साहित देखिएकी थिईन्।

रियाले फोटोग्राफर्सलाई आफू फूल किन्न आएको बताउँछिन् र आफूलाई फलो नगर्न बिन्ती गर्छिन्। त्यसपछि रिया चक्रवर्तीले पपराजीलाई भने, ‘अब म जाँदै छु, कृपया तपाई मेरो पछि नआउनुहोला।’ त्यसपछि उनी कारमा बसेर आफ्नो बाटो लाग्छिन्। रियाका यी तस्बिर अहिले सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल भईरहेका छन् र मानिसले यसमा अनेक राम्रा-नराम्रा प्रतिक्रियाहरु दिएका छन्।

एक युजरले यिनको प्रमोट नगर्न आग्रह गरेका छन्। त्यस्तै एक अर्का व्यक्तिले लेखेका छन् कि यो सबै सुशान्त सिंह राजपूतको जन्मदिनको लागि ड्रामा हो। एक अर्का युजरले लेखेका छन् कि कसको लागि यिनी फूल किन्दैछिन्, अब नयाँ को हो ? यद्यपि केही मानिसहरुले रियाप्रति दयाभाव देखाएका छन् र उनलाई आफ्नो हालमा छोड्न भनेका छन्।

ड्रग्स मामिलामा जेलमा परी रिहा भएपछि रिय निकै लो प्रोफाइल भएकी छिन्। उनी आफ्नो जमानत याचिका अन्तर्गत महिनामा एकपटक पुलिस स्टेशनमा आफ्नो उपस्थिति जनाउँछिन्।

प्रकाशित : बिहिबार, माघ ०८, २०७७१५:१८

पूराना साथी शिव श्रेष्ठसँग रिसाइन् करिश्मा मानन्धर, बिग्रियो सम्बन्ध !