पूराना साथी शिव श्रेष्ठसँग रिसाइन् करिश्मा मानन्धर, बिग्रियो सम्बन्ध !

काठमाडौँ – नायिका करिश्मा मानन्धर र नायक शिव श्रेष्ठको मित्रतामा फा’टो आएको छ। केहि समय अगाडी मात्रै रिलिज भएको एक चलचित्रका कारण श्रेष्ठ र मानन्धरको मित्रतामा फा’टो आएको हो।

श्रेष्ठ र मानन्धर नेपाली चलचित्र जगतका पूराना कलाकार हुन्। धेरै चलचित्रमा सँग-सँगै काम गरेका यी दुई बीचको मित्रता माघ १ गते रिलिज गरिएको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’का कारण बिग्रिएको बताइन्छ।

भएको के हो ?

चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ शिव श्रेष्ठले निर्माण गरेका हुन्। नायक श्रेष्ठले आफ्नै छोरा शक्ति श्रेष्ठलाई नेपाली चलचित्र क्षेत्रमा डेब्यु गराउन चलचित्र निर्माण गरेका थिए।

श्रेष्ठकै अनुरोधमा करिश्माले आफ्नी छोरी कविता मानन्धरको डेब्युको लागि तयार भएकी थिइन्। तर, चलचित्र भने जस्तो सफल हुन सकेन। चलचित्रले लगानी उठाउने त परको कुरा, पोष्टरको पैसा पनि उठाउन सकेन ।

चलचित्रलाई लिएर करिश्मा धेरै असन्तुष्ट रहेको बताइन्छ। चलचित्र राम्रै रहेपनि गलत समयमा रिलिज गरिँदा चलचित्र फ्लप हुन पुगेको करिश्माले बताउने गरेकी छन्। त्यति मात्र नभई चलचित्रमा रहेका छोरीको धेरै दृश्यहरु हटाइएको प्रति पनि उनको असन्तुष्टि छ।

करिश्माले असन्तुष्टि सामाजिक संजालमा पनि पोखेकी छन्। ‘एउटा यस्तो प्रेम कहानी’को शिर्ष गीत शेयर गर्दैै करिश्माले लेखेकी छन्,”अरुलाई दो’श दिएर महत्वपूर्ण बनाउन चाहन्नँ । तर, बच्चा त राम्रो थियो ।”

प्रकाशित : बिहिबार, माघ ०८, २०७७१५:५४

सामाजिक सञ्जालमा #SushantDay ट्रेन्डिंगमा, लाखौंले दिए स्वर्गीय अभिनेतालाई जन्मदिनको शुभकामना !