सामाजिक सञ्जालमा #SushantDay ट्रेन्डिंगमा, लाखौंले दिए स्वर्गीय अभिनेतालाई जन्मदिनको शुभकामना !

सामाजिक सञ्जालमा अहिले #SushantDay  ट्रेन्ड भइरहेको छ। वास्तवमा, प्रशंसकहरूले २१ जनावरी अर्थात् आज बिहीबार स्वर्गीय अभिनेता सुशांत सिंह राजपूतको जन्मदिन मनाइरहेका छन्। किनभने यदि सुशांत आज हामी बीच हुन्थे भने उनी आफ्नो ३५ औं जन्मदिन मनाइरहेका हुन्थे। उनले यो संसारलाई छोडेर गएपनि उनी सबै फ्यान्सका माझ सधैं अमर रहनेछन्। यस विशेष अवसरमा सुशांतका फ्यानहरूले उनका अविस्मरणीय तस्वीरहरू र भिडियोहरू साझा गर्दै उनलाई जन्मदिनको शुभकामना दिँदैछन्।

सुशांतका प्रशंसकले उनको जन्मदिनमा उनलाई याद गर्दै गरेका केहि पोस्ट:

ट्विटरमा सुशांतका एक फ्यानले उनको आरामले सुतिरहेको फोटो पोस्ट गर्दै लेखेका छन्,”फर्केर आऊ, दुनियालाई तिम्रो आवश्यकता छ।”

अर्का एक फ्यानले एक सानी बच्चीले सुशांतलाई जन्मदिनको शुभाकमना दिएको निकै प्यारो भिडियो साझा गरेका छन्।

जस्टिस फर सुशांत नामक एक अकाउन्टले पनि उनलाई जन्मदिनको शुभकामना दिएका छन्।

अन्य थुप्रैले सुशांतलाई जन्मदिनको शुभकामना दिएका छन्:

https://twitter.com/bepannaah/status/1352149307596673024?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1352149307596673024%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fnavbharattimes.indiatimes.com%2Fviral-adda%2Ftrending%2Fsushant-day-sushant-singh-rajput-birthday-his-fans-give-him-tribute-49732%2F

 

प्रकाशित : बिहिबार, माघ ०८, २०७७१५:५६

ट्रेडिशनल ड्रेसमा गज्जबसँग खुलिन् पूजा, लोभलाग्दो सुन्दरताको चौतर्फी चर्चा