साउथ तथा बलिउड फिल्मकी अभिनेत्री पूजा हेग्डे लामो समयपछि हालै आफ्नो घर नजिकै सार्वजनिक स्थानमा देखिएकी छिन्। त्यति बेला उनले पेस्टल ग्रीन कलरको ट्रेडिशनल ड्रेस(गरारा) लगाएकी थिईन्।
पूजाले फोटोग्राफर्सलाई लोभलाग्दो अन्दाजमा पोज दिएकी छिन्। प्रभासको आगामी फिल्म ‘राधे श्याम’ मा देखिन लागेकी पूजाको एक दक्षिण भारतीय चलचित्र ‘मोस्ट एलिजिबल ब्याचलर’ चाँडै रिलिज गर्ने तरखरमा छ।
पूजाले यस ड्रेस लगाएको फोटो सामाजिक सञ्जालमा पनि शेयर गरेकी छिन्। जुन फोटोमा अधिकांस फ्यान्सले उनको सुन्दरताको खुलेर तारिफ गरेका छन्।