सुशान्त सिंह राजपूत ८७ लाखको दूरबिनले हेर्थे चन्द्रमामा रहेको आफ्नो जग्ग्गा

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले १४ जुन २०२० मा यो दुनियाँ छाडेर गए। तर उनको याद आज पनि फ्यान्सको मानसपटलमा ताजै छन्। आज उनको जन्मदिनमा देशविदेशमा रहेका उनका तमाम फ्यान्सले उनलाई स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्। र साथै उनीसँग जोडिएका अनेक किस्साहरु पनि सामाजिक सञ्जालमा शेयर भईरहेका छन्।

अभिनेता सुशान्त सिंह राजपूत बलिउडको पहिलो अभिनेता थिए, जसले चन्द्रमामा प्लट खरिद गरेका थिए। र त्यस प्लट हेर्नको लागि एक विशेष प्रकारको दूरबिनको उपयोग गर्थे। जसको मूल्य करिब ५५ लाख भारतीय रुपैयाँ(लगभग ८७ लाख नेपाली रुपैयाँ) पर्ने बताइएको छ।

सुशान्त सिंह राजपूतले All India Engineering Entrance Examination (AIEEE) मा सातौँ स्थान हासिल गरेका थिए र फिजिक्समा भारतीय राष्ट्रिय ओलम्पियाड पनि जितेका थिए। उनी दिल्ली कलेज फर इन्जिनियरिङमा भर्ना भए र उनले त्यहाँ ३ वर्ष पढेपछि इन्जिनियरिङ छोडी अभिनयको दुनियाँमा आफ्नो करियर बनाउन सुरु गरेका थिए। उनले टिभी र त्यसपछि फिल्म इन्डस्ट्रीमा आफ्नो अलग पहिचान बनाईसकेका थिए।

भारतीय सञ्चार माध्यमका जानकारी अनुसार सुशान्त सिंह राजपूतले मिड 14 ESC lx600 ब्रान्डको एक टप क्लास दूरबीन खरिद गरेका थिए। जसको मूल्य करिब नेपाली रुपैयाँ ८७ लाख पर्ने बताईएको छ। सुशान्तले यस दूरबिनले चन्द्रमामा आफूले खरिद गरेको आफ्नो जमिन हेर्ने गर्थे। उनीसँग एक एडभान्स टेलिस्कोप मिड 14 lx00 थियो। उनले यो टेलिस्कोप आफ्नो चन्द्रमा स्थित प्लटमा  नजर राख्नको लागि लिएका थिए। उनले यो जमिन इन्टरनेशनल लुनर ल्यान्ड्स रजिस्ट्रीबाट खरिद गरेका थिए।

प्रकाशित : बिहिबार, माघ ०८, २०७७१८:५४

शाहरुखको फिल्म ‘पठान’ को सेटमा लफडा, भयो घम्साघम्सी !