बृहस्पति अस्त, यी राशिलाई लाभ !

१७ जनावरीको दिन बृहस्पति ग्रह अस्त हुँदैछ। यस दिन ब्रिहपति साँझको बजेर ३ मिनेट जाँदा अस्त हुनेछ। त्यसपछि, १४ फेव्रुवरीसम्म यस्तै अवस्थामा रहनेछ। गुरु अस्त हुनाले सबै प्रकारका मांगलिक कार्यमा रोक लाग्नेछ। गुरु अस्त हुँदा सबै राशिमा प्राभाव पार्नेछ।

मेष राशि 

यो अवधि तपाईका लागि धेरै अनुकूल हुँदैन। अनैतिक कार्यहरू नगर्नुहोस्, अन्यथा समाजमा तपाईंको आदर खस्कन सक्छ। कार्यक्षेत्रमा विभिन्न चुनौतीहरु आउन सक्छ। त्यसैले, थोरै सतर्क भएर काम गर्नुहोला। आर्थिक समस्याले सताउन सक्छ।

वृष राशि 

यस अवधिमा भाग्यको भरोसामा नबस्नुहोस् तर आफ्नो कडा परिश्रममा विश्वास गर्नुहोस्। कुनै पनि ठाउँमा समझदारीका साथ निर्णय लिनुभयो भने मात्र समस्याको समाधान हुनसक्छ। आयमा कमी आउनसक्छ। वैवाहिक जीवनमा समस्या आउन सक्छ।

मिथुन राशि 

यस समयमा तपाईंले आर्थिक लेनदेनमा सावधान हुन आवश्यक छ। अनावश्यक खर्चहरू रोक्नुहोस्। कुनै ठूलो आर्थिक निर्णय यस समयमा नलिनुहोला। यदि घर सवारी खरीद गर्ने योजना छ भने अहिलेको लागि स्थगित गर्नु राम्रो हुन्छ।

कर्कट राशि 

यस अवधिमा तपाईंको खर्च बढ्न सक्छ। व्यक्तिगत जीवनमा सम्बन्धको ख्याल राख्नुहोस्, अन्यथा सम्बन्धहरू खराब हुन सक्छन्। पारिवारिक जीवनमा समस्या देखा पर्न सक्छ।

सिंह राशि 

कार्यक्षेत्रमा नयाँ अवसरहरु प्राप्त गर्नुहुनेछ। जोखिमको साथ कुनै पनि काम गर्न आवश्यक छैन। यस समयमा छोटो यात्राको सम्भावना छ। तर यात्रा गर्दा विशेष सावधान रहन आवश्यक छ।

कन्या राशि 

तपाईंले सफलता प्राप्त गर्न धैर्यता राख्नु पर्नेछ। यदि तपाईंले कतैबाट पैसा लिनु छ भने केहि कारणले गर्दा ढिलो हुनसक्छ। तपाईंको स्वास्थ्यको ख्याल राख्नुहोस्। विशेष गरी, ध्यानपूर्वक गाडी चलाउनुहोस्।

तुला राशि 

आर्थिक योजना बनाउँदा सोच बिचार गरेर मात्र निर्णय गर्नुहोस्। कामको गति अलि ढिलो हुनेछ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्। तपाईंलाई योजनाबद्ध तरिकाले काम गर्न गाह्रो हुनेछ।

वृश्चिक राशि 

यस अवधिमा तपाईंले आफ्नो कमिहरूको बारेमा विचार गर्ने अवसर पाउनुहुनेछ। वैवाहिक जीवनमा समस्या आउन सक्छ। जीवनसाथीको स्वास्थ्य बिग्रन सक्छ। साझेदारी कार्यमा पारदर्शिता हुनु आवश्यक छ।

धनु राशि 

सामाजिक जीवनमा सावधान हुनु आवश्यक छ। प्रतिस्पर्धी परीक्षामा सफलताको लागि अधिक कडा परिश्रम गर्न आवश्यक छ। कार्यक्षेत्रमा शत्रुसँग सावधान रहन आवश्यक छ।

मकर राशि 

यो समयमा सावधानीका साथ काम गर्न आवश्यक छ। उच्च शिक्षा प्राप्त गर्ने विद्यार्थीहरूले पनि इच्छित परिणामका लागि कडा परिश्रम गर्नुपर्नेछ। प्रेम मामिलामा उतार चढावको सम्भावना छ। तपाईंको प्रकृति परिवर्तन हुनसक्छ।

कुम्भ राशि 

यस अवधिमा आकम्सिक खर्च बढ्नसक्छ। कुनै पनि चीजको बारेमा दिमागमा शङ्का रहन सक्छ। घर, सवारी साधन र सम्पत्तीमा सावधानीपूर्वक लगानी गर्न सल्लाह दिइन्छ।

मीन राशि 

अल्छीपन तपाईं माथि हावी हुन सक्छ। तपाईंको सामर्थ्यमा कमी आउनेछ। धैर्यताका साथ काम गरे मात्र सफलता हात लाग्नेछ। प्रिय व्यक्तिले कुनै पनि विषयमा असन्तुष्टि जनाउन सक्छन्।

प्रकाशित : बिहिबार, माघ ०१, २०७७१०:२२

मन्दबुद्धि विद्यार्थीको लागि निकै लाभदायी मन्त्र, हुनेछ विद्या लाभ!