रोनाल्डोको त्यो गोल जसले उनलाई फुटबल इतिहासमै सबैभन्दा बढी गोल गर्ने खेलाडी बनायो [भिडियो सहित]

क्रिस्टियानो रोनाल्डोले आफ्नो अतुलनीय करियरमा आइतबार राति अर्को ऐतिहासिक कोसेढुंगामा पुगे जब उनी फुटबल इतिहासको संयुक्त सबैभन्दा बढी गोल गर्ने खेलाडी बने। सरी-ए मा ससुलो विरुद्धको खेलको ९२ औं मिनेटमा रोनाल्डोले गरेको गोल उनको खेलजीवनको ७५९ औं गोल थियो।

रोनाल्डो अब ७५९ गोलका साथ चेक गणतन्त्रका दिग्गज जोसेफ बिकानसँगै फुटबल इतिहासकै सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्। रोनाल्डोले क्लब र देशका लागि १०३७ खेलमा ७५९ गोल गरिसकेका छन्।

 

View this post on Instagram

 

A post shared by Cristiano Ronaldo (@cristiano)

रोनाल्डोले उक्त रेकर्ड बराबर गोल गरेपछि इन्स्टाग्राममा एक पोस्ट गर्दै लेखे, “आफूले योगदान दिन पाएकोमा खुशी छु।”

प्रकाशित : बिहिबार, माघ ०१, २०७७०९:३५

पछिल्लो दशकको टप २० प्ले-मेकर घोषित, मेस्सी एक नम्बर !