उर्जामन्त्रीको गुनासो – “लोडसेडिङ मैले हटाएपनि जस अरुले पाए”

काठमाडौँ – उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले लोडसेडिङ अन्त्य गर्ने योजना आफ्नो रहेको दावी पुनः दोहोर्याएका छन्।
पछिल्लो समय लोडसेडिङ अन्त्य गर्न आफूले महत्वपूर्व भूमिका निभाएको दावी गर्दै आएका रायमाझीले शुक्रबार पनि उक्त दावी दोहोर्याएका हुन्।

बुटवलमा आयोजित एक साक्षात्कारमा बोल्दै मन्त्री रायमाझीले आफूले तयार पारेको ९९ बुंदे कार्ययोजना अनुसार लोडसेडिङको अन्त्य भएको दावी गरे।

लोडसेडिङ अन्त्य गर्ने योजना आफूले बनाएको भएपनि त्यसको श्रेय भने अरुले नै पाएको उनले गुनासो गरे। उनले लोडसेडिङ हटाउने कार्ययोजना आफैले बनाएको, कुलमान घिसिङलाई पनि आफैले राखेको तर, सरकार ढलेपछि जस भने अरुले लिएको उनको दावी छ।

“उर्जा संकट हटाउन ९९ बुंदे कार्ययोजना मैले तयार गरेको हुँ, कुलमान घिसिडलाई मैले नै राखेको हुँ । तर सरकार ढलेपछि लोडसेडिङ हटाएको जस अर्कैले लियो ।”,उनले भने।

यस्तै उर्जामन्त्री रायमाझीले नेपालमा हाल उर्जा उत्पादन माग भन्दा बढी नै हुन थालेको पनि बताएका छन्। आउने एक वर्षमै ५ सय मेगावटा थप हुने भएपनि निर्यात गर्ने अवस्था नहुँदा चुनाती थपिएको उनले बताए।

“हामीसँग उर्जा बढी हुँदै गएको छ । उपयोग गर्ने स्थिति पनि छैन् । एक बर्षमा ५ सय मेगावटा थप हुने छ । निर्यात गर्ने अवस्था छैन् । अर्को चुनैतिका रुपमा यो अवस्था आउँदैछ।”,मन्त्री रायमाझीले भने।

मिलिनियम च्यालेन्ज करपोरेशन (एमसिसी) का बारेमा बोल्दै उर्जामन्त्री रायमाझीले आफू एमसिसीको निर्णय तुरुन्त गर्नु पर्ने पक्षमा आफू रहेको बताए । ‘यो एमसिसी कि खारेज गरौँ या लागू गरौँ । अलमलको अवस्थामा अव बस्नु हुँदैन् ,’उनले भने । एमसिसीका बारेमा आफूले घनिभूत रुपमा छलफल गरी निर्णयमा पुग्ने समेत बताए ।

प्रकाशित : शुक्रबार, माघ ०२, २०७७१४:४३

मोटरसाइकलको ठक्करबाट चन्द्रागिरिका एक बालकको ज्यान गयो !