काठमाडौँ – चन्द्रागिरि नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ। चन्द्रागिरि–५ स्थित दाउरा डिपो नजिकै मोटरसाइकलले ठक्कर दिँदै एक जनाको ज्यान गएको हो।
ज्यान गुमाउनेमा दुर्घटनामा तारकेश्वर नगरपालिका–३ का १२ वर्षीय अमृत देवकोटा रहेका छन्। उनको ओम समाज अस्पतालमा निधन भएको महानगरीय प्रहरी बृत्त, थानकोटले जनाएको छ।
थानकोटबाट कलंकी जाँदै गरेको प्रदेश नं ३–०२–००९ प ८४४८ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि उनले ओम समाज अस्पताल पुर्याएपनि ज्यान बच्न नसकेको बताइएको छ।
उक्त दुर्घटनामा परी मोटरसाइकलमा सवार २३ वर्षीय सुन्दर सदा शंकर र २३ वर्षीय सुदिप बस्नेत समेत गम्भीर घाइते भएका छन् ।